आज : २०७५ श्रावण १ मंगलबार | Today: 17th Tuesday, 2018

  • काठमाडौं, ३ चैत २०७४ः मृगौला पीडित मिठो स्वरकी धनि जलजला परियारको उपचारको लागि प्रवासी नेपाली सहयोगी यूवामञ्चद्धारा आर्थिक सहयोग प्राप्त भएको छ । साउदी अरबमा कार्यरत नेपाली समुहले आर्थिक संकलन गरी कलाकार मीना पुर्णिमा मार्फत पीडित परियारको उपचारार्थ उक्त सहयोग रकम नेपाल पठाई अनामनगरमा अवस्थित न्यू नेपाल अनलाईन टिभिको स्टुडियोमा गायिका परियारकी फुपु नेपाल दलित महिला उत्थान संघकी महासचिव बिन्दु परियारको हातमा हस्तानान्तरण गर्ने कार्य सम्पन्न भएको छ ।

     

    गायिका परियारको हालको स्वास्थ्य अवस्थाबारे उहाँकी फुपु महासचिव परियारका अनुसार जलजलाको अवस्था राम्रो रहेको र भारत स्थित अपोलो हस्पिटलमा गायिका परियारको उपचार भईरहेको र साथै उहाँकै आमाको मृगौला प्रत्यारोपण गर्नको लागि प्रक्रियाहरु अघि बढिरहेको कुरा जानकारी प्राप्त भएको छ । हामी संपुर्ण नेपालीहरुले मनदेखि नै उहाँको उपचारको सफलताको कामना र प्रार्थना गर्दै छिटोभन्दा छिटो उहाँको सुमधुर आवाज सुन्न पाईयोस् भन्ने कुरामा हामी सबै प्रतिक्षारत रहौं । 

     

    प्रवासी नेपाली सहयोग यूवा मञ्चका सहयोगी ब्यक्तिहरुको बिवरण निम्नानुसार छः