आज : २०७५ श्रावण १ मंगलबार | Today: 17th Tuesday, 2018

आरोही फिल्मस्को एक्सन फिल्म ‘कोइला’को ट्रेलर सार्वजनिक

काठमाडौं, १४ चैत २०७४ः फिल्मका प्रमुख कलाकार प्रज्वल गिरीको खलपात्र ध्रुव कोइरालासँगको घम्साघम्सीलाई प्राथमिकता दिइँदै निर्मित एक्सन फिल्म ‘कोइला’को ट्रेलर अब सार्वजनिक भइसकेको छ ।

 

प्रज्ज्वल गिरी, सोनिया गिरी, ममती खड्का, ध्रुव कोइराला, देव नेपाल, किरण थापा, कालु राणा, रामचन्द्र अधिकारी, पुजा रिजाल, सुरज पराजुली, दिपेन्द्र कोइराला लगायतको अभिनय रहेको आरोही फिल्मस्को व्यानरमा निर्माण गरिएको यो फिल्म सबैको मन छुने खालको रहेको छ । अवश्य कमसेकम एकपटक भनेपनि हेरेर यसको रस्वास्वादन लिऔं । 

बीजे शर्मा, प्रत्युषा गिरीको लगानी र श्रीकृष्ण गिरी कार्यकारी निर्माता रहेको यस फिल्मका निर्देशक भने गजेन्द्र रञ्जित हुन् । सुदिप आत्रेयको लेखन रहेको यो फिल्म शंकर बिसी र सिर्जन बरालको कोरियोग्राफीमा रहेको नृत्य, ओम सुनुवार र रेखा पौडेलको संगीत, मदनकश्यप घिमिरेको छायांकन, समिर मियाको सम्पादन मंत्रमुग्ध पार्ने खालको रहेको छ ।