आज : २०७५ बैशाख ७ शुक्रबार | Today: 20th Friday, 2018

दुईपाँग्रे सवारीसाधन प्रदुषणको मापदण्डभित्र ल्याइनुपर्ने वा चल्न प्रतिबन्ध लगाइनु पर्नेः यातायात अधिकारकर्मी राम बहादुर थापा

काठमाडौं, ६ चैत २०७४ः उपत्यकामा चल्दै आएका संपूर्ण दुईपाँग्रे सवारीसाधनलाई प्रदुषणको मापदण्डभित्र ल्याउनु पर्ने र त्यस्ता सवारीसाधनहरु चेक गरेर मात्र चलाउन पाउने व्यवस्था हुनुपर्ने अथवा ती सवारीसाधनलाई चल्नबाटै प्रतिबन्ध लगाइनुपर्ने यातायात अधिकारकर्मी राम बहादुर थापाको माग रहेको छ । 

 

हालैमात्र २०७४ चैत ४ गते अधिकारकर्मी थापाले यातायात व्यवस्था विभाग, मिनभवन, काठमाडौंमा माथि उल्लेखित विषयलाई उद्यृत गर्दै निवेदन दर्ता गराउनु भएको छ । विभागका महानिर्देशकलाई सम्बोधन गर्दै लेखिएको सो निवेदनको दर्ता नम्बर ६१३०÷१२÷०४ रहेको छ भने निवेदनमा महानिर्देशकबाट ‘नीतिगत छलफलमा राख्ने’ भन्ने तोक लगाउँदै प्रक्रिया अघि बढेको कुरा अधिकारकर्मी थापा बताउनुहुन्छ । 

         (यातायात अधिकारकर्मी राम बहादुर थापा)

 

सरकारी सार्वजनिक जग्गामा पार्किङ्ग गरेर विभिन्न नाममा दर्ता भएका क्लब वा टोल सुधार समितिले पैदल हिँड्ने ठाउँमा होस् वा कुनैपनि खालि ठाउँमा होस् दुईपाँग्रे वा चारपाँग्रे सवारीसाधनहरुलाई पार्किङ्ग गराएर एकघण्टाको पार्किङ्ग गरे वापत घटीमा रु. ५० र बढीमा रु. २०० सम्म पनि मापदण्ड विपरीत पैसा उठाइरहेका र अरबौं रुपैयाँ राज्यको ढुकुटीभन्दा बाहिर जाँदापनि सरकार अनि महानगरपालिका वा नगरपालिका अभैm मौन बसेका छन् भन्ने उहाँको गुनासो छ । यस्तै कारणहरुले गर्दा राजस्व वृद्धि हुन नसकेको कुरा प्रष्ट्याउनु हुन्छ । यस्तारितले अस्तव्यस्त तरिकाले पार्किङ्ग गर्ने कार्यहरु भइरहेको साथै पार्किङ्ग गरेवापत उठ्ने गरेको शुल्कको कुनै लेखाजोखा नभएको हुँदा यस्ता अवैध कार्य यथासक्य चाँडोभन्दा चाँडो बन्द गरिनुपर्ने कुरा उहाँको माग छ । साथसाथै जतिपनि क्लब वा टोल सुधार समितिले उठाएका त्यस्ता रकम छन् राज्यको ढुकुटीमा जानुपर्छ भन्ने उहाँको भनाई छ । 

 

उपत्यकामा हाल प्रदुषण र दुर्घटना बढाइरहेका दुईपाँग्रे सवारीसाधनलाई चल्नबाट प्रतिबन्ध लगाउनुपर्ने र २० वर्ष पुरा भएका निजि तथा सरकारीहरु समेत, सार्वजनिक सवारीसाधन १ चैतबाट विस्थापनको नीति आएजस्तै, तिनीहरु पनि पूर्ण रुपमा विस्थापन हुनुपर्नेमा उहाँको जोड रहेको निवेदन पेश भएको छ । त्यसैगरी ठुला तथा साना मालवाहक ढुवानीका सवारीसाधनहरुलाई बेलुका ७ बजेदेखि बिहान ४ बजेसम्म चल्न दिइनुपर्छ जसले गर्दा उपत्यकामा केहि हदसम्म प्रदुषण, ट्राफिक जाम र दुर्घटना कम हुनेछ भन्ने उहाँको धारणा छ ।
  
                                                          –कमल राज दाहाल “कुमार” (टि.यू, एम.ए.)