आज : २०७५ भदौ ४ सोमबार | Today: 20th Monday, 2018

नारी दिवस मनाउँदा नारीले नै नारीको महत्व बुझ्नु जरुरी !

आज नारी दिबश भन्दै नारीहरु हतार हतारमा देख्छु । कोहि कता कोहि कता जाने तर्खरमा तर बर्षमा एक पटक नारी दिबश मनाउँदैमा नारीको उत्थान हुन्छ भन्ने म मान्दिन । किनकी जहिलेसम्म नारीलाई हेर्ने नजर नारीको जस्तो हुन्न त्यहिलेसम्म एक नारीबाट अर्को नारी सदै अत्याचारमा पिल्सिरहेकी हुन्छिन् । एकपटक तपाईं आफंै आंकलन गर्न सक्नुहुन्छ । आफ्नै घरको सासुले बुहारीलाई भाउजुले नन्दलाई जेठानीले देउरानीलाई आदित्यादि नारीले नारीलाई अत्याचार गर्न भने छोडेका छैनन् । त्यसैले यो नारी दिवस शहरमा मात्र होइन । अन्याय र अत्याचार सहँदै बाँच्न बाध्य भएकी नारीको घरघरमा बस्ति बस्तिमा पुग्नुपर्छ । ति नारीहरुलाई नारी दिवसको महशुस गराउनु पर्छ । एक नारीले अर्को नारीलाई माया गर्नुपर्छ अनि मात्र नारी दिवसको अर्थ रहन्छ । नारी दिवसको हार्दिक शुभ कामना !


नारी दिवस हिजो मात्र बितेपनि निश्चल कल्पनाजीले लेखेको फेसबुक स्टाटस रहेको यस नारी र नारी दिवस सम्बन्धी शुभकामनाले मेरो दिल छुन सफल भयो भने अवश्य अन्य नेपाली पुरुष तथा महिलाहरुको मन छुन सफल हुनेछ । नारीले नारीको सम्मान गर्न सक्यो भने अझ नारी पुरुष के सबैले सबैको सम्मान गर्नसक्यो सुन्दर बिहानीहरुको आगमन हुनेथियो र नारी हिंसाको अन्त्य हुने थियो ।