आज : २०७५ असार ७ बिहीबार | Today: 21st Thursday, 2018

सार्वजनिक सवारी साधन चढ्नु र ओर्लनु भनेको एउटा ठुलो लडार्इं जितेजस्तो भएको छ –यातायात अधिकारकर्मी राम बहादुर थापा

काठमाडौं, २४ फागुनः विगत लामो समयदेखि यातायात क्षेत्रको सुधारमा लाग्नुभएका यातायात अधिकारकर्मी राम बहादुर थापा बताउनुहुन्छ, “आजकल उपत्यका वा उपत्यका बाहिरका शहरहरुमा सार्वजनिक सवारी साधन चढ्न र ओर्लनको लागि एउटा ठुलो लडाईं जितेको जस्तो भएकोछ । सिटमा बस्न पायो भने त झन यात्रुहरु ठुलो वल्र्ड वार नै जिते जस्तो महशुस गर्दछन् । बुढाबुढी बच्चा बोकेका महिलाहरु गाडी आउने बित्तिकै यात्रु चढाउने ठाउँमा दौडेर जान्छन् तर उनीहरु त्यहाँ पुग्दा गाडीको ढोकै नजिक उभिएको मानिसहरुले पेलमपेल गरेर पहिलेदेखि नै बसेकाले गर्दा उनीहरु त्यस्तो भीडमा छिर्नै सक्दैनन् र अलपत्र पर्दछन् ।” वास्तवमा एउटा गाडी गएपनि अर्को गाडी चढ्न सकिन्छ भन्ने आशामा बसेका यात्रुहरु अर्को गाडी पनि त्यस्तै अवस्थामा पाएपछि यात्रुहरु हतोत्साही बन्ने अवस्थाहरु धेरै बढिरहेको छ । यस्ताप्रकारले गाडी चढ्न नसक्ने मारमा बुढाबुढी, बच्चा बोकेका महिला तथा बच्चाहरुनै धेरै पर्दछन् । 

 

माइक्रो बस वा ठुला बस जुनसुकैमा पनि मानिसहरु उस्तै कोच्ने गर्दछन् । चालक तथा सह–चालकहरुले सिट संख्याभन्दा डबल तेब्बर मान्छेहरु राख्ने र पुरै असुविधाजनक अवस्थामा यात्रुहरु चढाएर यात्रा गराउने अन्त्यहीन यस चलनले उपत्यकावासी उपत्यका बाहिरका यात्रुहरु बहुतै परेशान र आजित भइसकेका छन् । उपत्यकामा यस्तो अवस्था रह्यो रह्यो, उपत्यका बाहिरका शहरहरुमा पनि न गाडी कुर्दाखेरीको वातावारण सहज छ न गाडीभित्र चढिसकेपछिको वातावरण सहज छ । अस्तव्यस्ततामा यात्रुहरु यात्रा गर्न पर्नाको कारण शायद राज्यको तर्पmबाट यातायात व्यवस्थापन सुदृढीकरण गर्नेतर्पm ध्यान नगएर हो वा व्यवसायीहरुको स्वार्थ परिपूर्तितर्पm राज्य केन्द्रित भएर हो, यस कुरामा भने अधिकारकर्मी थापा धेरै चिन्तित हुनुहुन्छ । 

 

यदि गाडी चढ्ने मौका पाइहालेपनि यात्रा सहज नहुने त छँदैछ त्यसमाथि चालक तथा सह–चालकको हप्कीदप्की र तोकिएको भाडाभन्दा बढी लिने पनि गरिन्छ र कहिंलेकाहीं त सह–चालकहरुले यात्रुहरुको पैसा फिर्ता समेत नदिई जाने गरेका छन् । यी कुराहरुलाई सरसर्ती हेर्दा, हाम्रो देशमा अब एउटा नैतिकताको प्रश्न खडा भइसकेको छ र अनुशासनको जरुरत भइसकेको । अहिले देशभित्रको यातायात क्षेत्रमा अनुशासन मरिसकेको छ । तर समग्रमा हेर्ने हो भने कुन क्षेत्रमा अनुशासन छ र कसले कसको आदर गर्छ ? यस्तो कुराको भने हाम्रो देशमा एकादेशको कथाजस्तो लाग्दछ । प्रत्येक व्यक्ति व्यक्तिले यस कुराको चिन्तन र मनन गर्नुपर्ने अवस्था आइसकेको छ । 

 

गाडीमा चढ्नु भनेको नर्कको बाटो रोज्नु जस्तो भएको छ । यस्तो किसिमको जर्जर अवस्थालाई व्यापक सुधार गरिनुपर्ने आवश्यकता औंल्याउनु हुन्छ यातायात अधिकारकर्मी थापाजी । हामी आधुनिक युगमा भएर पनि ढुंगे युगको जस्तो अवस्थामा हिँडिरहेका छौं, अझ गाडीभित्र छिरिसकेपछि त मानवीयता कता हराउँछ कता हराउँछ यस्तो अहिलेको परिस्थिती छ । यी सब परिस्थिती सिर्जना भएको हो सिर्पm पैसा कमाउने लोभ र लालचमा । जबसम्म लोभ–लालच छोडेर विशुद्ध सेवाको वातावारण सिर्जनाका खातिर प्रत्येक व्यवसायीहरुको मानसपटलमा यस्ता कुराहरु बस्दैन र राज्य दर्बिलो रुपमा अगाडि देखा पर्दैन यो अवस्थाको अन्त्य हुनु भनेको कल्पना बाहिरको कुरा हो भनेर यातायात अधिकारकर्मी थापाजी भन्नुहुन्छ । 

 

यस्ता कुराहरुको सुधारमा राज्य सजग र उत्सुक जबसम्म देखिंदैन तबसम्म ढुंगालाई माटोको डल्लाले हानेर फुटाउँछु भन्नु जस्तो मात्र हो । अब राज्यमा यातायातको अवस्था सुधार गर्न र यात्रुहरुको चिरिएको मनमा मलमपट्टी लगाउन आम–नागरिक एकसाथ एकै मन्चमा उभिएर सरकार र व्यवसायीहरुलाई स्पष्टसंग सम्झाउनु पर्ने बेला आएको छ भन्ने उहाँको मनसाय बुझिन आएको छ किनकी देश हाम्रो हामी यसका जनता, देश र जनताभन्दामाथि अरु कोही हुन सक्दैन । (फाईल फोटो)

                                                                                                                                                 –कमल राज दाहाल (टि.यू., एम.ए.)