आज : २०७५ असार ७ बिहीबार | Today: 21st Thursday, 2018

वृद्धको शव फेला

महोत्तरी, फागुन २२ (रासस): गौशालामा एका वृद्धको शव कुहिएको अवस्थामा आज फेला परेको छ । 

गौशाला नगरपालिका– १२ स्थित उखुबारीमा स्थानीयवासी ५५ वर्षीय रामदेव महतोको शव कुहिएको अवस्थामा भेटिएको हो । 

उखु काट्ने क्रममा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महतो गत माघ २ गतेदेखि बेपता रहेको स्थानीय शिक्षक महावीर महतोले जानकारी दिनुभयो । 

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो । 

(फाईल फोटो)