आज : २०७५ भदौ ४ सोमबार | Today: 20th Monday, 2018

त्रिदेशीय कार ¥यालीमा नेपाललाई शिल्ड

 

2018-03-01 14:30

काठमाडौँ, १७ फागुन (रासस) ः नेपाल, भारत र भुटानबीचको छैटौँ हिमालय ट्राइनेशन त्रिदेशीय ‘कार ¥याली’ मा नेपाली सहभागीले पहिलो पटक उत्कृष्ट शिल्ड हात पारेका छन् । 

भारतको दार्जिलिङस्थित भानुपार्कमा बुधबार सम्पन्न प्रतियोगितामा चितवनको टाटा कारका लागि आधिकारिक विक्रेता आरवी मोटर्सका सञ्चालकद्वय विमल पौडेल र राजेन्द्र गैरले १३ सय सिसी कम क्षमताको प्रतिस्पर्धामा उत्कृष्ट भई शिल्ड र ट्रफी जित्नुभएको हो । प्रतियोगिताको उपाधि भने भारतका एसके अगजर अलि र मोहमद उस्ताफ जोडीले हात पारेका थिए । 

निर्धारित साढे १६ सय किलोमिटर दूरी समय, दूरी र गतिको आधारमा सबैभन्दा सुरक्षित यात्रा गर्दै भारत बंगालको तर्फबाट सहभागी अलि र उस्ताफ विजयी भएका हुन् । भारतकै सिलगुडीबाट छ दिन अगाडि शुरु भएको ¥याली सिलगुडी हुँदै नेपालको बिर्तामोड, दमक, इटहरी, लहान, बर्दिवास, सौराहाबाट पुनः भारतको मूर्तीय हुँदै भुटानको फुन्सुलिङ र दार्जिलिङमा पुगेर समापन गरिएको थियो । 


विजेतालाई दार्जिलिङ स्टेट प्रहरी प्रमुख अखिलेस चर्तुवेदीले भारु नगद रु एक लाखसहित शिल्ड र ट्रफी प्रदान गर्नुभएको थियो । 


टोलीमा नेपालको तर्फ चितवनका लागि स्कोडा कारको आधिकारिक विक्रेता युरो अटोका प्रबन्ध निर्देशक रवीनकुमार श्रेष्ठ र अमित सिलवालको जोडी, टिभिएस बाइकको चितवनको आधिकारिक विक्रेता मालाश्री मार्टस्का सञ्चालक भीमसेन कुमार श्रेष्ठ र अमित श्रेष्ठको जोडी प्रतिष्पर्धामा सहभागी भएको चितवनस्थित कार्यक्रम संयोजक राजनकुमार पियाले जानकारी दिनुभयो । 


टोलीमा नेपाल अटोमोबाइल्स एशोसिएसन (नासा) प्रदेश नं १ का संयोजक कविन श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, पूर्वी चितवन पत्रकार संघका उपाध्यक्ष राजेन्द्र आचार्य, कार्यसमिति सदस्यहरु राजेन्द्र ओली र सिद्धार्थलाल चुके, प्रशान्त कुमार पिया, धीरज कार्की, सरोज अर्याल सहितको टोली सहभागी हुनुहुन्थ्यो । 

(फाईल फोटो)