आज : २०७५ असार ७ बिहीबार | Today: 21st Thursday, 2018

“आउ मायालु होली खेल्नलाई” मीना पूर्णिमा तथा सुनिल बलालको होली गीत जनतालाई होलीको कोसेली स्वरुप बजारमा

नेपाली आकाशमुनि रंगैरंगले रंगिएर नाचेर झुमेर रमाइलो गर्ने दिन होलि आउँदै गर्दा नेपाली बजारमा “आउ मायालु होली खेल्नलाई” भन्ने होली विशेष गीत गायक हिमाल श्रेष्ठ र गायिका चन्दा लामाको सुमधुर कण्ठको गुञ्जनले देशभरी होलिको गुञ्जायमान ल्याउन अझ बढी मद्दत गर्ने देखिएको छ । 

 

२०५३ सालमा स्टेज कार्यक्रमबाट आफ्नो अभिनयको यात्रा सुरु गर्दै २०५५ सालबाट सर्वनाम थिएटरमा अभिनय सिकेर अभिनय यात्रालाई सुरु गर्नुभएकी साथै सत्य घटनामा आधारित बायोग्राफिक चलचित्र ‘मैना’ बाट पहिलो पटक चलचित्रमा अभिनय शुरुगर्नु भएकी कलाकार हुनुहुन्छ मिना खड्का (पुर्णिमा) ।  त्यसैगरी थिएटरमा निर्देशन दिइसक्नुभएकी तर डिजिटल लाइनमा पहिलो पटक देखा पर्नुभएकी मीना पूर्णिमाले पहिलो चोटिमै दर्शक तथा स्रोताहरुको माझमा गजबको स्वादिलो झट्का दिनुभएको छ मोडेल आर्टिस्टहरु निर्देशक स्वयं आपैmँ, सुनिल बलाल, उर्मिला घिमिरे, संगिता सिंह, विशाल लामा, सुशील लामा, बिनिता बस्नेत, रञ्जित फोजु, पूर्ण बहादुर राना मगर, सविन कटवाल, छिरिङ्मा लामा, विवेक पुरी, सुवाष सोनाम र निश्चल थापालाई समेटेर बनाएको यस म्युजिक भिडियोलाई अनुप पौडेलले संपादन गर्नु भएको छ भने छायांकन महेश महारा रहेको छ ।

 

मीना पूर्र्णिमा र सुनिल बलालको अथक प्रयासमा रिलिज भएको यस म्युजिक भिडियोको १३ फागुनमा भएको प्रेस मिटमा मीनाजीले आफुले यस म्युजिक भिडियोको निर्देशनबाट धेरै कुरा सिकेको बताउनु हुन्छ भने सानो कलाकारले माथि आउन केहि गर्दा ठुला कलाकार तथा मिडियाले प्रोत्साहन दिनुपर्नेमा निम्ता दिँदा समेत नआई दिँदा भने गुनासो व्यक्त गर्नु भएको छ । मीनाजीका अनुसार उहाँहरुको सक्दो मिहिनेत यसको निर्माणमा भएको तर मुल्यांकन भने दर्शक तथा स्रोताहरुले गर्नुहुनेछ भन्नुभयो । 

 

प्रेस मिटमा मूख्य अतिथीको रुपमा धेरै म्युजिक भिडियोहरुमा निर्देशन दिईसक्नु भएको निर्देशक अर्जुन अधिकारीले साना कलाकार, निर्देशक जसले अगाडि बढ्न खोजेको हुन्छन् उनीहरुलाई प्रोत्साहित गर्नुपर्ने कुरामा जोड दिनुभयो । ठुला र अनुभवी कलाकारसंग तुलना गर्ने अवस्था नआइपुगे पनि जुन तहमा मीनाजीले “आउ मायालु होली खेल्नलाई” भन्ने होली गीतमा निर्देशन दिनुभएको छ र अन्य कलाकारहरुले अभिनय गर्नुभएको छ यसमा भने उहाँले धेरै मन पराउँदै तारिफ गर्नु भएको छ ।

 

दर्शकले म्युजिकलाई हेर्न शुरु गरेदेखि अन्त्यसम्म हेर्दछ, रमाउँदछ र मनोरंजन लिन्छ भने त्यस्तो निर्देशन वा टिमवर्कलाई सफल भएको मान्नु पर्दछ भन्नुभयो । उहाँको यस सकारात्मक हेराईलाई उहाँको लेभेलबाट हेर्दा मीना पूर्णिमा र सुनिल बलालजीको प्रयत्नमा रिलिज भएको यो म्युजिक भिडियो बनाउन उहाँहरु सफल भएको मान्नु पर्दछ । आशा छ उहाँहरुको म्युजिक भिडियोले जनताको मन जित्न सकोस्, मुटु छुन सकोस् र ठुलो तथा चौडा स्थान ओगट्न सकोस् ।      

 

यो म्युजिक भिडियो रिलिज कार्यक्रममा म्युजिक भिडियोका नायक सुनिल बलालले पनि यस म्युजिक भिडियोको बारेमा प्रकाश पार्नु भएको थियो भने गायक हिमाल श्रेष्ठ र गायिका चन्दा लामाले प्रत्यक्ष रुपमा यस होली गीतको स्थायी गाएर यस गीतको बारेमा केहि शब्दहरु बोल्नु भएको थियो । अब भने उहाँहरुको यो म्युजिक भिडियो सर्वत्र बजारमा आइसकेको छ र यूट्युवमा पनि अपलोड भइसकेको छ ।
 

https://www.youtube.com/watch?v=Bak06-L-rMA