आज : २०७५ असार ७ बिहीबार | Today: 21st Thursday, 2018

गायक रवि सुवेदीको ‘माया उकाली’ गीत सार्वजनिक

‘माया उकाली’ बोलको गीत अहाहा कैले माया उकाली कैले माया ओराली, प्रत्यक्ष वा अप्रत्यक्ष देखिने वा आइपर्ने जिन्दगीका ओराला तथा उकालाहरुको मार्मिकतालाई समेटेर काठमाडौको विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको शंकर ज्वालाको हृदयस्पर्शी शब्द–रचनामा तयार पारिएको यो गीतमा गायक रवि सुवेदीद्वारा सुमधुर स्वर दिइएको छ । साथै सुरेन्द्र श्रेष्ठद्वारा संगीत भरिएको र एरेन्ज गरिएको यस गीतलाई सुर मेलोडि रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो र यो गीतको ०६ गते फागुन २०७४ मा म्युजिक भिडियो रिलिज भएर सर्वत्र बजारमा साथै यूट्युवमा अपलोड भइसकेको छ । 


यस गीतको म्युजिक भिडियोमा अभिनय गायक स्वयं रवि सुवेदी, सुजाता आचार्य र रंजितको रहेको छ भने क्यामेरामा अमृत सुनुवार, सम्पादनमा माधव बेल्वासे र निर्देशन नव ढुंगेलको रहेको छ । यस कमसेकम गीतलाई एक पटक अवश्य सुन्नुहोला, दोहोर्याएर सुनिराख्नु त भन्ने पर्दैन अवश्यै यहाँहरुको हृदय छुन यो गीत सफल हुनेछ ।  

 

https://www.youtube.com/watch?v=CfzDJvSgN8o&feature=share