आज : २०७५ असार ७ बिहीबार | Today: 21st Thursday, 2018

भारतमा सडक दुर्घटना सातको मृत्यु, २४ घाइते

नयाँदिल्ली, ८ फागुन (रासस/सिन्ह्वा): भारतको बिहारमा भएको एक सडक दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने अरु २४ जना घाइते भएका छन् । 

 

प्रहरी अधिकारीहरुले मंगलबार दिएको जानकारी अनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर भएको हुनाले मृतकको संख्या बढ्ने सक्ने समेत अनुमान गरिएको छ । चालकले नियन्त्रण गुमाएपछि सडकको छेउमा रहेको नालीमा खसेर बस दुर्घटना भएको थियो । 
बिहारको राजधानी पटनामा पर्ने कन्डाप भन्ने ठाँउमा सोमबार राती सो दुर्घटना भएको अधिकारीहरुले बताएका छन् । 


घटनास्थलमा स्थानीय वासिन्दा र प्रहरीले उद्धार गरेका थिए । उद्धारकर्ताहरु घाइतेहरुलाई नालान्द मेडिकल कलेज एण्ड हस्पिटलमा उपचारका लागि लगेका थिए । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको जनाएको छ भने दोषीलाई कारबाही गर्ने बताएको छ । 
भारतमा यस्ता सडक दुर्घटना धेरै नै हुनेगरेका छन् । चालकको लापर्बाही, सडक र सवारी साधनको खराब अवस्थाका कारण धेरै दुर्घटना हुने गरेको अधिकारीहरुको भनाई रहेको छ ।

(फाईल फोटो)