आज : २०७५ बैशाख ९ आइतबार | Today: 22nd Sunday, 2018

ठुलो कलाकार भईसकेपछि मेन्टेन गर्न गाह्रो भएर विदेश पलायन भएको हो– चरित्र अभिनेत्री विमला गिरी

लामो समयदेखि चलचित्र जगतमा दह्रो जरा गाडी सक्नु भएकी चरित्र अभिनेत्री विमला गिरीले पछ्यौरी नामक चलचित्रबाट यस क्षेत्रमा पहिलो चोटि डेब्यु गर्नु भएको हो । भावीले शायद निधारमै चलचित्र खेल्नकै लागि पठाउनु भएको हो भनेर रमाउनु हुने विमलाजी संग लोकप्रिय रेडियो न्यूज डट कम मिडिया कर्मी कमल राज दाहालको उहाँसंगको कुराकानी । 

 

क दाः  विमलाजी कति वर्षको उमेरदेखि तपाईं यस चलचित्र क्षेत्रमा लाग्नुभयो ? 


वि गिः  मलाई विवाह गर्नुभन्दा अगाडिदेखि नै यस क्षेत्रमा लाग्ने रहर चाहिँ थियो तर विवाह गरेपछि म यस क्षेत्रमा लागेको हो । विवाह गरिसकेपछि मैंले आफ्नो परिवारको समर्थन पाएर म यस अवस्थासम्म आईपुगेको हुँ । 

 

 

क दाः  परिवारले चलचित्र यस्तो राम्रो हुँदैन यस्तो नगर्नु बरु अरु कुनै बाटो रोजेको भए हुन्थ्यो । 


वि गिः  अहँ, मलाई एकदम सपोर्ट छ । मेरो श्रीमान्को पनि सपोर्ट छ, मेरो छोराको पनि एकदमै सपोर्ट भएरै हो, मैंले अरु बाटो नरोजेको । 

 

 

क दाः  कति जनाको परिवार हुनुहुन्छ तपाईंहरु ? राम्रो वातावरण छ होइन त घरमा ?


वि गिः  ५/६ जना परिवार छौं । राम्रो परिवार छ सुखी परिवार छ, तर अहिले चैं हामी तिन जनामात्रै घरमा छौं बाँकी सबै बाहिर छन् । 

 

 

क दाः तपाईंले अहिलेसम्म कतिवटा चलचित्रहरुमा खेलिसक्नु भएको छ ? 


वि गिः अहिले तुरुन्तै त म भन्न सक्दिन म एकिन छैन कति वटा फिल्ममा खेलें भनेर । मैंले गर्न त धेरै चलचित्रमा काम गरिसकेको छु । तर मलाई लाग्छ करिब करिब ४०÷५० वटामा मैंले अभिनय गरिसकेको छु । 

 

 

क दाः  तपाईंले करियर कुन चलचित्रबाट शुरु भएको हो ?


वि गिः  मेरो करियर पछ्यौरी नामक बन्नि प्रधान दाईको फिल्मबाट शुरुवात भएको हो । अहिले बन्नि दाई अमेरिकामा हुनुहुन्छ । उहाँसंग फेसबुकमा कुरा भइरहन्छ । उहाँको अभैm नेपाल आएर फिल्म बनाउने सोच छ । उहाँ एकदम असल स्वभावको हुनुहुन्छ । फिल्म पछ्यौरीबाट पाइला टेकेर म केहि समयको लागि बिचमा हराएको थिएँ किनभने मेरा बच्चाहरु सानै थिए । त्यसकारण बिचमा मैंले टाइम दिन पनि सकिन । तर म फिल्ममा निरन्तर लागेको चाहिँ १७÷१८ वर्ष जति भइसकेको छ ।

 

 


क दाः  तपाईं यस चलचित्र क्षेत्रमा काम गरेर कति खुशी हुनुहुन्छ ? 


वि गिः  म चलचित्र क्षेत्रमा नलागेको भए आज मलाई विमला गिरी भनेर कसैले चिन्दैनथे । मलाई माया गर्ने यत्रा दर्शक पनि हुँदैनथे । त्यसैले म यस क्षेत्रमा लागेकोमा गर्व गर्छु र एकदम सन्तुष्ट पनि छु । 

 

 

क दाः  चलचित्र क्षेत्र बाहेक अरु क्षेत्रहरु पनि छन् तर तपाईंले चलचित्र क्षेत्र नै किन रोज्नुभयो ?


वि गिः  लेखान्त भनुँ कि आफ्नो आफ्नो रहर के भनौं शायद भगवानले माथिबाट निधारमा विमला भट्टराईबाट विमला गिरी बनेर यहि क्षेत्रमा लाग्नु भनेर पठाएको भएर हो कि मलाई त यहि क्षेत्रै मनपर्योे ।

 

 

क दाः  हालका दिनहरुमा तपाईं कुन कुन फिल्ममा अनुबन्धित हुनुहुन्छ ? के तपाईं चलचित्रकै लाइनमा मात्र व्यस्त हुने कि अरु पनि केहि काम गर्ने ?


वि गिः  हाल त कुनै फिल्महरुबाट त्यस्तो अफर आएको छैन । दशैंभन्दा अगाडि मैंले एउटा फिल्ममा एग्रिमेन्ट भने गरेको छु । तर त्यो फिल्मको सुटिङ्गको तय अहिलेसम्म भएको छैन । एग्रिमेन्ट चाहिँ भैसकेको छ । चलचित्रहरुमा अफर नभएपनि सिरियलहरुमा चाहिँ काम गरिराखेको छु । 

 

 

क दाः  चलचित्र र सिरियलभन्दा बाहेक अरुपनि केहि गर्नुहुन्थ्यो ? 


वि गिः  हो, पहिला पहिला मैंले सडक नाटकहरु गरें । बिस्तारै स्टेज प्रोग्राम पनि शुरु गरें । त्यतिबेला एउटा मात्र स्टेज प्रोग्राम गरेको थिएँ धेरै गरेको थिएन । तर हालै मात्र मैंले ‘गुड नेभर इन्टरनेशनल’ नामक कोरियाको संस्थाले नुवाकोटमा बालविवाह र चेलिबेटी बेचविखन सम्बन्धी स्टेज प्रोग्रामको आयोजना गरेको थियो जसको लागि दश दिनको नुवाकोट टुरमा सरिक भएर आएँ । हामी गएर दश ठाउँमा शो देखाएर आयौं । तर यस्ता कति विदेशी प्रोजेक्टहरु आएर यस्ता कामहरु गरिराखेका छन् । त्यस्तै म काममा यो त्यो भन्दिन जुनै काम पनि गर्छु, कलाकारीता क्षेत्रमा सडक नाटक भनौं, स्टेज प्रोग्राम, अभिनय होस् या यूट्युवमा आउने सिरियलहरु होस् या फिल्महरु नै किन नहोस् अथवा एडहरु सबैमा गर्छु । यो त्यो भनेर नाईँ नास्ती गर्ने गरेको भने छैन ।

 

 

क दाः  आगामी दिनहरुमा यि भन्दा बाहेक तपाईंले के गर्ने सोच बनाउनु भएको छ ? 


वि गिः  अब हेर्दै जाउँ समयले कता कता लान्छ, जता जता समयले लान्छ त्यतै त्यतै जाने हो म त (हाँसो) अब बा विदेश गइन्छ कि वा उतै लाइफ बिताइन्छ अथवा यहिँ बसिन्छ कि । तर जे जस्तो भएपनि चलचित्र क्षेत्र चाहिँ म कुनै हालतमा पनि छोड्दिन ।

 

 

क दाः  सुटिङ्गको बेलामा निर्माता निर्देशकहरुका साथै सम्बन्धित क्षेत्रका मान्छेहरुबाट कस्तो सहयोग पाउनु भयो ?      

  
वि गिः  सहयोग पाउने भनेको कुरा आफुले अरुप्रति गर्ने व्यवहारमा भरपर्छ । प्रत्यक्ष सहयोग माग्ने भन्ने कुरा हुँदैन, आफुले आÏनो काम कर्तव्य पुरा गर्ने हो । 

 

 

क दाः  उहाँहरुको तपाईंप्रतिको व्यवहार कस्तो पाउनु भयो ?


वि गिः  आफुले जस्तो व्यवहार गर्यो त्यस्तै व्यवहार अरुबाट पाइन्छ । कला क्षेत्रमा मैंले नराम्रो गरें, मैंले अरुलाई मान्छे नगन्ने, थुथु र थ्याथ्या गर्ने गरें भने उनीहरुले पनि मलाई राम्रो व्यवहार गर्दैनन् । तर म सबैलाई राम्रो व्यवहार गर्छु, सबैजना संग मिल्छ,ु सबै जनासंग बोल्छु र हाँस्छु । मेरो व्यवहारले गर्दा पनि मलाई सबै जनाले माया गर्छन् । 

 

 

क दाः  कलाकारहरुलाई कला क्षेत्रमा मात्र काम गरेर जीवन धान्न धौ धौ छ भन्ने सुनिन्छ के तपाईंलाई पनि यस्तै भएको छ यस क्षेत्रको कमाईले ?


वि गिः  मैंले यस क्षेत्रमा लागेर यहाँसम्म आइपुग्दा जे–जस्तो कमाईरहेको छु त्यस्मा सन्तुष्ट छु । मलाई घर परिवारको पनि सपोर्ट छ । शायद एक्लै भएको भए गाह्रो हुन्थ्यो होला । 

 

 

क दाः  पारिश्रमिक त तपाईंले पाई हाल्नुहुन्थ्यो होला तर गाह्रो हुन्थ्यो कि हुँदैनथ्यो पारिश्रमिक समयमा पाउन तपाईंलाई ? 


वि गिः  गाह्रो हँुदैनथ्यो । पहिला पहिला त अलिकति गाह्रो भयो । कति कामहरु त पारिश्रमिक नपाईकन पनि गरियो । यस्ता यि कुराहरु मिडियामा खोल्नु त हुँदैनथ्यो र पनि मलाई केहि जस्तो नि लाग्दैन भन्नलाई । सहिलाई सहि भन्ने हो गलतलाई गलत भन्ने हो मेरो बानी यस्तै हो । शुरु शुरुमा त राम्रोसंग पाइएन निकै गाह्रो भयो । त्यतिखेर हामीलाई अलिकति पैसा दिएपनि दंग परिन्थ्यो । अनि अहिले त हामीलाई त्यस्तो गर्न सक्दैनन् । हाम्रो एग्रिमेन्ट हुन्छ त्यहि एग्रिमेन्ट अनुुसार हामीले पैसा पाउँछौ । 

 

 

क दाः  तर भनिन्छ नेपालमा कलाकारले प्रशस्त कमाउन सकिरहेका छैनन् । ठुलो ठुलो स्टार भएर पनि कमाएको पु¥याउन नसकेर विदेशिई रहेका छन् भन्ने सुनिन्छ नि यसमा तपाईंको के भनाई छ ? 


वि गिः  होला शायद त्यो कुराहरु । ठुलो कलाकार भईसकेपछि धेरै कुराहरु मेन्टेन गर्न गाह्रो हुन्छ । ठुलो कलाकार भएकोले कमाई पर्याप्त नभएरै होला उहाँहरु विदेशिनु भएको । विदेशमा थोरै कमाउँदा पनि नेपालमा ल्याउँदा धेरै हुन्छ । शायद उहाँहरु त्यसकै लोभले जानु भएको होला विदेश तिर । नेपालमा बसेर आफ्नो पोजिसन मेन्टेन नभएरै दाजु–भाई दिदी–बहिनीहरु । 

 

 

क दाः  हामी अहिले एक्काइसौं शताब्दीको मोडमा छौं । हाम्रो देशमा धेरै राजनीतिक परिवर्तनहरु आएका छन् । राणाकालमा दबाएर राखेको कुरादेखि अहिले गणतन्त्र आउँदासम्म । तर अहिलेको परिवेशमा के परिवर्तन आएको देख्नु भएको छ चलचित्र क्षेत्रमा ?


वि गिः  चलचित्र क्षेत्रमा अहिले सम्ममा धेरै परिवर्तन आएको छ । त्यतिबेला देखिनै मैंले धेरै सिनियर कलाकारहरु र सिनियर डाइरेक्टरहरुसंग काम गरिसकेको छु । त्यतिखेर टेक्निसियनहरु, लाइटहरु, क्यामेराहरु सबै थोकहरु सीमित थियो र चलचित्र क्षेत्रको स्थाननै कमजोर थियो । अहिले त हाम्रो फिल्म इन्डष्ट्री कति माथि गएको छ । यहि रुपमा यसलाई जोगाएर र बचाएर राख्न सक्यौं भने नेपालको यो इन्डष्ट्री एकदम राम्रो छ । राणाशासन कालमा त अहिलेको तुलनामा शायद फिल्म नै बन्दैन थियो होला, बन्यो भने पनि एक–दुई वटा दुई–चार वटा बन्थ्यो होला । म पनि त त्यतिबेलाको होइन अलि पछि कै हुँ । प्रसंगवश राणाहरुले हामीलाई दबाएर राखेको भनेर खासै भन्न पनि मिल्दैन । हामी चलचित्रको कुरा गर्दैछौं त्यतातिर त नजाऔं होला तर टपिक्स आएकोले अलिकति केहि कुरा त बोल्न मनलाग्यो मलाई, अहिले देखिराखेको छु राणाशासन कालमा जे गरेका छन् उनीहरुले त आफ्नो इच्छाको लागि अथवा भनौं खुशीको लागि भनौं अब के को लागि गरेका हुन् तर उनीहरुले धेरै राम्रो राम्रो काम गरेर उहाँहरु बितेर गएका छन् । मलाई राणाशासन कालपनि मन परेको हो त्यो भइदिएको भएपनि म खुशी नै हुन्थेहोला । त्यहि भएर राणाहरुले गरेको शासनलाई म नराम्रो ठान्दिन ।

 

 

क दाः  त्यतिखेर त मान्छेलाई धेरै दबाएर राखिएको थियो, बोल्ने हिँड्ने स्वतन्त्रता पनि थिएन । राणाहरुको विरुद्धमा बोल्न पाइँदैनथ्यो रे चित्त नबुझेको कुरा भन्न पाइँदैनथ्यो रे भन्छन् नि त ? 


वि गिः  दबाएर राखे होलान् । खोई त अहिले स्वतन्त्रता भएर पनि के चैं भएको छ ? 

 

 

क दाः  अहिले त मान्छेले जसलाई जे भन्न पनि सक्छ चित्त नबुझे, राम्रो काम गरेन भने गाली गर्न पनि पाउने अवस्था  छ तपाईँ के भन्नु हुन्छ यस विषयमा ? 


वि गिः  त्यस्तो होइन । त्यो चैं मलाई लाग्दैन ।

 

क दाः त्यतिबेला फिल्ममा पनि धेरै सेन्सरहरु हुन्थ्यो धेरै कुराहरु काट्नुपथ्र्यो के भन्नुहुन्छ यस विषयमा ?


वि गिः  हो त्यहि भएर त सीमित फिल्महरु बन्थे र राम्रो फिल्महरु निस्कन्थे । राणाशासन काल त नभनुँ पञ्चायत काल भनौं या लोकतन्त्र आइसके पछि पनि जे होस् कानून राम्रो थियो र त त्यो त्यस्ता कुराहरु भए । अहिले कानून नै छैन त्यहि भएर त जथाभावी फिल्महरु बन्छन्, यस्ता मनपरी जथाभावी फिल्महरु बनेर नै होला हाम्रो नेपालमा अहिले कसैले कसैलाई गन्दैन, मान्छेले मान्छे गन्दैन यस्तोसम्म स्थिती आईसकेको छ । हाम्रो लागि यो लोकतन्त्रभन्दा त बरु त्यहि राणाशासन नै ठिक हुन्थ्यो अहिलेको जनताहरुलाई त । जनताले फ्रि बोलेर के चैं पाएका छन्, के चैं गर्न सकेका छन्, जुन नेताले जसलाई दुईचार पैसा जनताहरु त्यतैतिर दौडेका छन् । गुण्डागर्दी बढी भएको छ, मान्छे मार्न त अहिले केहि जस्तो पनि भएको छैन । मानवता भन्ने नै छैन भने लोकतन्त्रले के ल्याएको छ त ? 

 

 

क दाः  सुरक्षाको नाममा त हाम्रो देशमा केहि छैन हैन तपाईको विचारमा ?

 
वि गिः  केहि छैन । एउटा लोकतन्त्रमा मान्छेले जे बोले पनि फ्री भएको छ त्यति मात्र हो । 

 

क दाः  अहिले त महँगी बढेर मानिसहरुलाई बाँच्न पनि अप्ठ्यारो परेको छ भन्छन् । यसले कलाकारहरुलाई कस्तो असर पारेको छ ? जनतालाई त यसै नै गाह्रो त परिराखेको छ होइन र ? 


वि गिः  कलाकारहरुलाई मात्र नभन्नुहोस् सबैलाई असर परेको छ । तर गाह्रो पर्यो भने जस्तो पर्यो त्यस्तै टर्दैजान्छ भन्ने हाम्रो नेपालीमा उखान छ । छ छ महिनासम्म ग्याँस नपाएर त्यतिखेर कस्तो हाहाकार मच्चिएको थियो र पनि जिवीका त सबैले चलाई राखेका थियौं । त्यहि भएर जस्तो पर्यो त्यस्तै टर्दै जान्छ र कलाकारले पनि त्यस्तै भोग्छ जस्तो जनताले भोग्छन् ।  

 

 

क दाः  अहिलेको परिस्थितीमा राज्यले तपाईंहरुलाई कस्तो रुपले हेर्दियोस् भन्ने चाहनुहुन्छ ?


वि गिः  विचरा राज्यले मात्रै के हेरोस् हामीलाई । म पनि एउटा देशको जनता भएर हेर्छु, कलाकार भएर सोच्तिन अहिले । सरकारले मात्र के गरिदियोस्, हेर्नुस् न कति पार्टी छन् हाम्रो देशमा कस्को चाहिँ कुरा सुन्ने । घरमा त लोग्नेस्वास्नी झगडा पर्यो भने कचिंगल मच्चिन्छ भने अलिकति केहि भयो भने एउटा पार्टी खोलेर हडताल गर्न बेर छैन हाम्रो देशमा । हामी जनता नै उस्तो हौं हामी मुर्ख छौं । नेताभन्दा पहिला देशभरिकै नेपाली जनतालाई यो भन्न चाहन्छु कि नेताको पछि लागेर उनीहरुलाई नराम्रो कुरा भन्नुभन्दा पहिला आफु नै सचेत हुनु राम्रो हुन्छ ।     

 

 

क दाः  जनता नेताको पछि लाग्नुभन्दा नेतालाई जनताको पछि लगाउन सक्नुपर्यो होइन त तपाईंको विचारमा ? 


वि गिः  हो यो त । हामी पनि सचेत हुनुपर्यो । कसलाई ल्याउँदाखेरि हामीलाई राम्रो हुन्छ हाम्रो देश विकास हुन्छ । फिल्म इण्डष्ट्रीमा होस् वा हस्पिटलमा होस् वा सरकारी कार्यालयमा होस् जुनसुकैमा पनि खोई राम्रो छ ? तर म के भन्छु भने फिल्म इण्डष्ट्रीलाई पनि माथि उकास्नको लागि सरकारले ध्यान देओस् किनभने हामी कलाकार भएर पनि बाँच्न गाह्रै पर्छ र बुढेसकालको लागि हामीलाई पनि सरकारको तर्पmबाट अलिकति केहि त होस् र केहि दुईचार पैसा कमाई हुने बाटो चाहिँ सरकारले बनाई देओस् । 

 

 

क दाः  सरकारी जागिरमा त पेन्सन पाक्छ फेरि वर्षैपिच्छे तलब बढ्छ, विभिन्न थरी सुविधाहरु पाउँछन्, तर फिल्मी क्षेत्र, निजी क्षेत्र वा पत्रकारीता क्षेत्र त्यस्ता कुनै पनि क्षेत्रमा काम गर्नेहरुले बुढेसकाल कसरी कटाउने त्यहि भएर के तपाईं पनि सरकारी जागिर सरह सुविधा होस् भन्ने चाहनु हुन्छ ?


वि गिः  हो म चाहन्छु, हरेक कलाकारहरुले यो चाहेका छन् र हाम्रो माग पनि छ । कलाकार संघले माग गरिराखेका होलान् शायद । मैंले पनि भित्री कुराहरु सुनेकी चाहिँ छु तर म त्यति कलाकार संघ नगएर होला अलिकति थाहा भएन मलाई । त्यतिकुरा सरकारले पुरा गर्दियो भने त धेरै राम्रो हुन्थ्यो । कलाकारहरुलाई बाँच्न धेरै सजिलो हुन्थ्यो, बुढेसकालमा हामीहरुलाई वृद्धाश्रममा गएर बस्नु पर्दैनथ्यो होला । आम्दानी भएन भने त पछि लास्टमा त्यहि नै हुन्छ । 

 

 

क दाः  यसको लागि सबै कलाकारहरु मिलेर एउटै दरिलो आवाज उठाउनु पर्यो नि होइन र ? 


वि गिः  आवाज उठाइराखेका छौं हामी सबै कलाकारहरुले र शायद यो कुराहरु लागु पनि हुन्छ होला ।  

 


क दाः  कलाकार मात्रै नभएर पीडित हरेक क्षेत्रका जनताहरु उठ्ने हो भने त हुन्थ्यो होला होइन ? 


वि गिः  हुन्छ, तर कलाकारको विषयलाई लिएर भन्दा राजनीतिक भाषण हुने भयो भने त्यहाँनिर कति जनताहरु उपस्थित हुन्छन् हेर्नु न । हाम्रो देशमा कलाकारहरुलाई अभैm अलिकति नराम्रो दृष्टिकोणले हेर्ने गरेको हो कि जस्तो लाग्छ मलाई । हामीले जुलुस गर्यौं, माग लिएर अघि बढ्यांै भने त्यहाँ अलिकति नराम्रो, विरोधाभास वा घृणाको दृष्टिले हेरेजस्तो भान हुन्छ । तर कलाकारहरुलाई उनीहरुले त्यस्तो चाहिँ गर्नु हुँदैनथ्यो किनकी कलाकार भनेको देशको गहना हो । त्यहि भएर कलाकारलाई इज्जत गरुन् र माया पनि गरुन् । यिनीहरु पनि यो देशको केहि हुन् भनेर सोचुन् । अरुले गरेको कुराहरुलाई भन्दा बच्चाहरु वा ठुलै भनुँ कलाकारहरुले गरेको कुराहरुलाई छिटो टिप्छन् सिक्छन् । त्यहि भएर पनि कलाकारहरुको कुराहरुलाई धेरै सुनिदिनु पर्छ सरकारले र उनीहरुलाई कस्तो दुःख परिरहेको छ त्यो कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई । 

 

 

क दाः  त्यस बिचमा तपाईंलाई कत्तिको सजिलो अप्ठ्यारो के के भयो त चलचित्रमा खेल्न ? 


वि गिः  मलाई काम गर्न त सजिलै भयो । 

 

 

क दाः  पहिलेको दाँजोमा नेपाली फिल्महरु पनि वलिउड र हलिउडको दाँजोमा केहि मात्रामा हामी कहाँ पनि नेपाली फिल्मी जगतलाई कलिउड पनि भन्छन् यसमा पनि धेरै राम्रो प्रगतिहरु भएको छ राम्रा फिल्महरु बनेका छन् भन्छन् तर अभैm किन मानिसहरु यो हलिउड र वलिउडकै फिल्मतिर ढल्किएको पाउनुहुन्छ तपाईं ? 


वि गिः  (हाँस्दै) अब अहिले छैन त्यस्तो, हाम्रो नेपाली फिल्मलाई पनि माया गर्ने धेरै दर्शकहरु भईसकेका छन् । पहिला पहिला जस्तो छैनन् । राम्रो फिल्म बन्यो भने दर्शकहरु विदेशी फिल्महरु मात्रै हेर्दैनन्, नेपाली फिल्म पनि हेर्छन् । ‘छक्कापञ्जा’ किन चलिराखेको छ ? हुन त कति मानिसहरुले सुनिन्छ छक्कापञ्जा राम्रो छैन कथावस्तु केहि छैन हाफ टाइम अगाडि त अलिकति ठिकै छ, हाफ टाइम पछाडि यस्तो छ उस्तो छ भन्ने मान्छेहरुको अनेक थरीको सोचाई र अनेक थरीको तर्कहरु सुनिन्छ । तर पनि छक्कापञ्जा किन चल्यो त ? राम्रो थिएन भने दर्शकहरुले किन हेरे त ? राम्रो भएर त हेरे नि । अनि जस्तै हाम्रो झरना थापाले बनाउनु भयो ‘ए मेरो हजुर वान’ र उहाँ हुनुहुन्थ्यो । फेरि टु पनि बनाउनु भयो यो पनि मजाले चल्यो । राम्रो चलचित्रहरु बनायो भने अवश्यै चल्छ । दर्शकहरु पनि छन् र हाम्रो नेपालीहरुले माया गर्दिन्छन् र हेर्छन् पनि । राम्रो फिल्महरु चाहिँ बन्नुपर्यो । 

 

 

क दाः  हाम्रोे कलाकारहरुले अभिनय गरिराख्नु भएका नेपाली फिल्महरु त कम्पिटिटिभ नै छन् हाम्रो देशको साइजको हिसाबले र धेरै राम्रो फिल्महरु पनि निस्किन थालेको छ । तैपनि अभैm कलाकारहरुलाई आÏनो जीवन धान्न त गाह्रै छ भनिन्छ । जस्तो वलिउड र हलिउडमा खेल्नेहरुले त धेरै कमाउँछन् तर नेपालमा चाहिँ अभैm किन त्यस्तो गाह्रो परेको होला ? 


वि गिः  अब खोइ के भनुँ म । कलाकारहरुले फिल्ममा खेले अनुसार उनीहरुले सोचे जस्तै गरेर फिल्म चल्दिए त सोचेजस्तै राम्रो पारिश्रमिक दिए त त्यस्तो हुँदैनथ्यो होला । उहाँहरुले अलिकति पैसा दिनलाई कन्जुस्याईं त गर्नुहुन्छ यो कुरा त सहि हो । त्यो भएको भएर दिक्क लाग्छ होला कलाकारहरुलाई । मलाई पनि कहिलेकाहीं दिक्क लाग्छ र सबै कुराहरु छाडेर घरमा सुतेर बसौं जस्तो लाग्छ । घरी घरी त आफुले कति मिहिनेत गर्नुपर्छ । त्यो मिहिनेत गरे अनुुसार पाइएन भने चित्त त दुख्छ नै । तर पनि अब जस्तो पर्छ त्यस्तै टर्दैजान्छ । 

 

क दाः  हाम्रा देशका राम्रा राम्रा कलाकारहरु आफु हिट हुँदाहुँदै पनि अहिले नेपाल छोडेर विदेशतिर लागिराख्नु भएको छ उहाँहरुलाई नपुगेरै वा गाहै परेरै हो त ?


वि गिः  हो, त्यो त नपुगेरै हो । बिहान बेलुका एक छाक खानलाई त जसले नि कमाउन सक्छ । जीवन धान्न गाह्रो भन्दापनि आÏनो पोजिसन मेन्टेन गरेर हिँड्न सक्दैन । कलाकार हिरो हिरोइन भइसकेपछि माइक्रोमा चढेर गाडीमा चढेर हिँड्नलाई अलि गाह्रै हुन्छ आÏनो नैतिकताले नै दिंदोरहेनछ । हुन त त्यसरी हिँड्दा केहि हुँदैन, तर हिरो हिरोइन भइसकेपछि अलिकति अप्ठ्यारो लाग्ने, लाज लाग्ने हुन्छ त्यसैले गर्दा खेरि हामी त्यहि अनुसारले हिँड्नुपर्छ, खानुपर्छ बस्नुपर्छ । उहाँहरु विदेशतिर लाग्नु परेको कारण पनि आÏनो उँचाई मेन्टेन गर्न अलिकति गाह्रो भएरै होला । 

 

 

क दाः  यसको मतलब अभैm पोजिसन मेन्टेन गर्ने आम्दानी हुन सकेको छैन होइन त ?
वि गिः  कतिले त सकेका छन् नसकेका होइनन् । जे होस् आधी कलाकारहरुमा त्यो क्षमता राम्रो छ तर आधीमा छैन होला । 

 

क दाः  तर विमलाजी तपाईं नेपाली चलचित्र जगतमा स्थापित कलाकार एउटा चरित्र अभिनेत्रीको रुपमा भने तपाईं त अब विदेश जाने सोचिराख्नु भएको छ भने अरु भर्खर भर्खर आउनेहरु अलि तलका कलाकारहरुले त के सोच्लान् ?


वि गिः  (हाँस्दै) तलका कलाकारहरुले एउटा दुईटा फिल्म खेल्छन् अनि विदेश पलायन हुन्छन् । अनि त्यहि पलायन हुनका लागि पनि एउटा दुईटा फिल्महरु खेल्छन् । तर मैंले भनेको मात्रै हो म त जान्न म त फिल्म क्षेत्रमै हुन्छु । 

 

 

क दाः  विदेश पलायन हुने क्रमलाई रोक्नको लागि के गर्नुपर्छ होला ?


वि गिः  केहि गरेर सकिंदैन । तर यसलाई रोक्नलाई भन्नाले हाम्रो फिल्म इण्डष्ट्री राम्रो हुनुपर्यो । कलाकारहरुले पारिश्रमिक पाउँदा आÏनो एग्रीमेन्ट अनुसारको पैसा पाए भने रोक्न सकिन्छ । तर पैसै हुँदैन पैसा नभएपछि के गर्ने त विचाराहरुले । कस्तो कस्तो हिरो हिरोइनहरु त विदेश गएर बस्न थालिसके भने, हामी जस्ता नर्मलले के गर्ने ? अनि हामी क्याराक्टर रोल गर्नेहरुलाई त झन कलाकारै होइन जस्तो सम्झिन्छन् । यो चैं नराम्रो बानी छ पत्रकारहरुको भनौं जता पैसा उतै ढल्किन्छन् । मेरो एउटा डाइलग छ ‘कान्छी मट्याङट्याङ जता पैसा छ उतै भोट ड्यामकिड्याम’ एउटा डाइलग बोलेकी थिएँ मैंले त्यस्तै नै हो यो पनि ।चाहे पत्रकारले चाहे होस्, मिडियाले होस्, चाहे जोसुकैले होस् म त जुनै मिडियामा होस् वा जुनै बेला इन्टरभिउ दिंदा यहि कुरा भन्छु । 

 

 

क दाः  सबभन्दा ठुलो सहयोग भनेकै परिवारले गरेको सहयोग हो । परिवारको सहयोगमा मान्छेले जे पनि काम गर्नसक्छ । तपाईंलाई परिवारको राम्रो सपोर्ट भएको सुनेर खुशी लाग्यो । अनि Ïयुचर प्लानिङ चाहिँ के गर्नु भएको छ ? 


वि गिः  Ïयुचर प्लानिङहरु बारेमा म यहि फिल्मी क्षेत्रलाई नै निरन्तरता दिएर यसैमा समर्पित हुन्छु । अरु भन्नाले मैंले लोकप्रिय रेडियो डट कममा पनि कार्यक्रम चलाउन थालिराखेको छु । यूट्युवमा काम गर्ने पनि सोचिराखेको छु । अब हेरौं सबैतिर हात हाल्दै जाउँ कतातिर सफल हुन्छ । तर जे होस् आफुले राम्रो तरिकाले गर्दै जाउँ । कता कता हुन्छ सबैतिरै जाने हो ।

 

 

क दाः  विमलाजी तपाईंले त हाम्रो लोकप्रिय रेडियोमा पनि कार्यक्रम चलाउनु हुन्छ तपाईंलाई कस्तो महशुस भइराखेको छ ? 


वि गिः  मैंले छुट्टै प्रकारको अनुभव गरिराखेको छु । एक प्रकारले अलिकति डर डर लागिराखेको छ र एक प्रकारले रमाइलो पनि लागिराखेको छ । लाइभ बोल्नुभन्दा अभिनय गर्न अलिकति सजिलो हुँदोरहेछ लाइभ बोल्दाखेरि अलिकति डर त लाग्दोरहेछ । तर अब निरन्तर चलाउँदै जान्छु । चलाउँदै गएपछि ठिक हुँदै आउँछ सबै कुरा । 

 

 

क दाः  त्यसो भए तपाईं अब मिडियातिर पनि इन्भल्भ हुन चाहनु हुन्छ पुरै ?


वि गिः  पुरै चाहने हो अब । 

 

 

क दाः  भनेपछि चलचित्र क्षेत्र र मिडिया क्षेत्र दुबैलाई अंगाल्दै अघि बढ्न चाहनुहुन्छ ?


वि गिः  दुइटैलाई नै समेटेर अगाडि बढ्ने सोचमा छु म । दुबै मलाई मनपर्ने क्षेत्र हुन् । 

 

 

क दाः  खानेकुराहरुमा के मनपराउनुहुन्छ ? 

 

वि गिः  खानेकुराहरुमा सबभन्दा धेरै मनपर्ने भनेको खसीको मासु हो अनि माछा । त्यो चाहिँ अब पुरै छोडिसकें । अब नर्मल दालभात तरकारी हाम्रो नेपाली खाना त्यहि नै मनपर्छ ।

 

 

क दाः  कसैकसैलाई त उठ्ने बित्तिकै चिया नभई हुँदैन तपाईंलाई नि ?
वि गिः  मलाई चिया चाहिँ मनपर्छ, एकदम चाहिन्छ र यसको भोगी पनि छु । तर पहिलाको तुलनामा अलिकति कम गरेको छु । अब अलिकति स्वास्थ्यको ख्याल गर्न थालेको छु । तैपनि चिसो शुरु भएकोले चिया नखाई चित्तै बुझ्दैन । के नखाको के नखाको जस्तो तल तल भईरहन्छ ।   

 

 

क दाः  जाडोमा त चिया चाहिन्छ अनि गर्मीमा चाहिँ के गर्नुहुन्छ ?   


वि गिः  गर्मीमा पनि खान्छु चिया त म बिहान बेलुका दुई टाइम । अरु टाइममा चाहिँ त्यति चाहिँदैन । चिसो–सिसो कोक–सोक पनि त्यति मन पर्दैन । बरु मलाई फ्रेस जुसहरु मनपर्छ । जुसहरु खान्छु । 

 

 

क दाः  खानामा तपाईंलाई स्पाइसी मनपर्छ कि साधारण ?


वि गिः  मलाई साधारण एकदम नर्मल मनपर्छ ।  

 

 

क दाः  कुराकानीको अन्त्यमा तपाईं स्रोता तथा दर्शकहरुलाई केहि भन्न चाहनुहुन्छ अनलाइन लोकप्रिय न्यूज मार्पmत ?


वि गिः  लोकप्रिय रेडियो र न्यूज डट कम मार्पmत हाम्रा विश्वभरी जतिपनि छरिएर बसेका नेपालीहरु माझ पु¥याउनलाई धेरै कोशिस गरेका छौं र पु¥याई पनि राखेका छौं । मैंले पनि एउटा प्रोग्राम चलाउँदै छु । जतिपनि अहिले सुनेर बसिरहनु भएको स्रोताहरुले रेगुलर सुनिदिनुहोला । कमी कमजोरी चाहिँ औंल्याइदिनु होला र हामीलाई सहयोग गरीदिनु हुन अनुरोध गर्दछु ।