आज : २०७५ भदौ ४ सोमबार | Today: 20th Monday, 2018

राष्ट्र र जनताको हित विपरीत यातायात क्षेत्रमा बढ्दै गएको बेथितीको अविलम्व अन्त्य हुनुपर्छः यातायात कर्मी राम बहादुर थापा  

नेपालमा यातायात क्षेत्रको सुधारका निमित्त अनवरत र कटिवद्ध रुपमा विगतदेखि हालसम्म दिनरात घामपानी केहि नभनी सर्वसाधारणको हितको लागि सार्वजनिक सवारी साधनहरुमा जनताले यात्रा गर्दा भोग्नु परेका समस्याहरुलाई कसरी न्यूनिकरण गर्दै लगेर सरल र सुलभ बनाउन सकिन्छ भन्ने लक्ष्य र दृढ निश्चयका साथ लागि पर्नु भएको चर्चित व्यक्तित्व हुनुहुन्छ – यातायात अधिकारकर्मी राम बहादुर थापा । वास्तवमा भन्ने हो भने राम बहादुर थापा यातायात क्षेत्रसंग सम्बन्धित संपूर्ण सरकारी निकायदेखि लिएर यातायात व्यवसायी तथा यातायात व्यवसायी संघ साथै सर्वसाधारणहरु जोसुकैको नजरमा छाईसक्नु भएको एक लगनशिल र आत्म–विश्वासी व्यक्तित्व हुनुहुन्छ । उहाँमा विश्वास छ राज्यले उहाँका आवाजहरु, जुन देश र जनताको हित र भलाईका लागि बुलन्द भएका छन्, सुनिदिनेछ र आवश्यक सुधारहरु गर्दै जानेछ । 

 

आधुनिक समयको मागसंगै चल्न नसकेको र समय सापेक्ष बन्न नसकेको नेपालको यातायात प्रणाली अभैm पुरानै डिजाइन र शैलीमा चलिरहेको छ । एक कानले सुन्ने र अर्को कानले उडाउने विगतदेखि चल्दै आएको परिपाटीले गर्दा कतिपय यथार्थ र समय सापेक्ष कुराहरुको परिमार्जनका लागि अध्ययन गर्दै र सल्लाह लिदैं त्यसमा सुधार र कार्यान्वयन गर्दैजाने कुराहरु पर्दा पछाडी पर्ने गरेका छन् । अत्यासलाग्दो र ह्रृदयविदारक सार्वजनिक यातायातको यात्रा अनुभव स्वयं राम बहादुर थापा बडो मार्मिक र करुणामयी पाराले राख्नुहुन्छ भने जनताले अझ सास्ती पाएका होलान् यो त झन कसैको आँखाबाट लुकेको छैन । यात्रुहरु जो पैसा तिरेर पनि कहालीलाग्दो रुपले यात्रा गरिरहनु भएको छ, जुनकुरा शायदै नेपालमा मात्र पाइन्छ जहाँ सेवा भन्दा बढी नाफाको लागि सार्वजनिक यातायात चलाइन्छ । यस्तै अन्य अति महत्वपूर्ण क्षेत्र शिक्षा र स्वास्थ्यमा पनि विद्यमान छन् यस्तै दुरावस्था ।  

 

उहाँ भन्नुहुन्छ यातायात व्यवसायी संघहरुको अघिल्तिर राज्यको लाचारीपनकै कारणले गर्दा जनताले लामो वा छोटो दुरी जुनसुकै दुरीको यात्रा होस् बहुतै कष्टकर रुपमा र कतिपय परिवेशमा त चालक तथा सहचालकद्वारा प्रयोग गरिने अपाच्य तथा अशोभनिय शब्दहरुको शिकार हुनुपरेको छ । जसरी पनि लक्ष्यसम्म पुग्नु परेकैछ यात्रुहरुलाई र यसकै फाइदा उठाउँदै चालक तथा सहचालकहरु यात्रुहरुप्रति असहज र असहनशिल व्यवहार गर्न पनि पछि पर्दैनन् । तर यी सब अव्यावहारिक कुराहरु गाडी चालक तथा सहचालकहरुको पैसा कमाउने लोभमा उब्जिएका हुन् जुन अहिले यात्रुहरुलाई भारी पर्दै गएको कुरालाई वकालत गर्दै र संवाहक बन्दै आउनु भएका छन् यातायात अधिकारकर्मी राम बहादुर थापा । 

 

जनताको सहनशिलता भनौं या गाडीको कमी भनौं या व्यवसायीको मनोमानी भनौं गाडी निर्धारित समयमा नचल्ने, गाडीमा सिट क्षमताभन्दा बढी मानिसहरु राखी कोचमकोच तथा ठेलमठेल गरेर यात्रा गराउने र यात्रुवर्गले यात्रामा परेको असहजता र अप्ठ्यारा व्यक्त गर्दा उल्टै कतिपय चालक तथा सहचालकहरुले अपशब्द बोल्ने र अभद्र व्यवहार देखाउने गरेको कुरा उहाँ बताउनु हुन्छ, तर उहाँले उजागर गर्न चाहेका बुँदा तथा विषयहरु सार्वजनिक यातायातको प्रयोगमा जनताले भोगेका कुराको यथार्थ चित्रण हो । देश र जनताको सहजता, गौरव र प्रतिष्ठा बढाउने कुरामा यो उहाँको एकल लडाईं हुन आएको छ । 

 

थापाजी चाहनुहुन्छ उहाँले बोलेका बोलीहरुले राज्यका सम्बन्धित संयन्त्र तथा निकायहरुलाई सुधारका खाकाहरु कोर्न सहयोग पुगोस् र यातायातको क्षेत्रमा नयाँपन र प्रगति हुन सकुन् भन्ने हो । नितान्त सामाजिक सेवाप्रति समर्पित उहाँको भावना व्यक्तिगत भन्दा पनि विकसित र सकारात्मक सोच भएको समाजको निर्माण हुन सकोस् र यहाँ स्वार्थले ओतप्रोत समाजभन्दा पनि स्वार्थभन्दा माथि उठेको स्वच्छ समाज होस् । यसका लागि राज्यका प्रत्येक अंग–अंग र संयन्त्र, सेवाकर्मी, यातायातकर्मी, व्यवसायी तथा सम्बन्धित क्षेत्रका संपूर्ण व्यक्तित्वहरु निस्वार्थी र उदार हुनसक्नु पर्दछ । मनमा निस्वार्थ भावना बोकेका तथा सधंै सत्य र समाजका जल्दाबल्दा समस्याहरुलाई जनसमक्ष प्रष्ट्याएर अग्रगामी रुप दिने थापाजी सार्वजनिक यातायातको सुधारको लागि आना संपूर्ण पलहरु पनि न्यौछ्यावर गरिदिन तयार हुनुहुन्छ । 


यातायात क्षेत्रमा देखिएका विकृति तथा कुसंस्कार प्रति पूर्ण रुपले खनिनु भएका राम बहादुर थापा भन्नुहुन्छ कि जनताको दिनचर्या नै सार्वजनिक यातायातको सवारीबाट शुरु हुन्छ र यस संगसंगै अन्त्य हुन्छ । तर विगतदेखि अहिलेसम्म पनि विद्यमान सिण्डिकेटको जरो, यातायात व्यवसायीहरुको स्वेच्छाचारी निर्णयहरु र सरकारको ट्वालट्वाल्ती हेर्ने क्रियाकलापहरु आज सर्वसाधारणको हितको लागि घातक सिद्ध भएको तितो यथार्थको कल्पनासम्म गर्दा पनि मन आत्तिएर आउने कुरामा यस्ता कुप्रथा हट्नैपर्ने कुरामा उहाँको यथेष्ट जोड रहेको छ । धनको लागि मानवले मानवलाई नबुझ्ने परिस्थितीको सिर्जना हुँदा निरीह सर्वसाधारणसंग सहनु र ठगिनु पर्ने अवस्थाबाट गुज्रिनु पर्ने अवस्थ बाहेक केहि छैन भन्ने कुरालाई उहाँ बडो मार्मिक रुपमा बताउनुहुन्छ ।

 

सार्वजनिक यातायातलाई सुधार्नु पर्छ, अहिले यातायात व्यवसायी संघ–संस्थालाई खारेज गरेर स्वच्छ प्रतिस्पर्धात्मक यातायात प्रणालीको विकासमा जोड दिनुपर्छ तथा पब्लिक कम्पनी बनाउनु पर्छ भन्ने थापाजीको माग हो । सर्वसाधारणको निरन्तरको सकसलाई लिएर सबैभन्दा बढी आवाज उठाउने र अव्वल दर्जामा गनिनु भएका थापाजीलाई उहाँले अघि सारेर हिँडेको सार्वजनिक यातायातको सुधार अभियानलाई देशका प्रत्येक नागरिकले साथ दिएर उहाँको अभियानलाई सफल बनाउनु पर्ने अवस्था अब आइसकेको छ । किनकि हाम्रो देशका नेता तथा प्रशासक पुरानै पद्धति र प्रणालीलाई अंगाल्दै नयाँ नेपालको सिर्जना गर्छौं भनेर कुर्लिरहेको अवस्था हाँस्यास्पद छ भनेर उहाँ बताउनुहुन्छ । वास्तवमा भन्ने हो भने जबसम्म मानिसको मनस्थिती बदलिदंैन तबसम्म कुनै पनि क्षेत्रमा परिवर्तन असंभव छ र मुखले बोलेर यस्तो गर्छु र उस्तो गर्छु भन्नु लाटो देशमा गाँडो तन्नेरी हुनु जस्तै मात्र हो भनेर उहाँ प्रत्येक जनमानसको मानसपटलमा सचेतनाको दियो बाल्न चाहनु हुन्छ ।


   
उहाँको सकारात्मक पक्ष अर्थात प्लस प्वाइन्ट यो छ कि उहाँ सार्वजनिक यातायात संगसंगै अन्य क्षेत्र जुन यातायातकै अवस्था भैंm गुज्रिरहेका छन् त्यसलाई जोड्दै त्यस्ता अव्यवस्थाहरुको बहुतै मर्मस्पर्शी तरिकाले व्यक्त गर्नुहुन्छ जुन उहाँको सर्वसाधारण प्रतिको माया र देश प्रति लगाव हो । उहाँका यस्ता अविस्मरणीय र मननीय गतिविधी जुन राष्ट्रको भलाईको लागि प्रत्यक्ष सरोकार राख्छ यसप्रति सर्वसाधारणदेखि सरकारसम्मको ध्यान केन्द्रित हुनु स्वभाविक हो । 


अर्को तर्पm थापाजी देशमा बढ्दै गएको प्रदुषणमा पनि केन्द्रित हुन चाहनु हुन्छ । नेपालमा देशभरी गुड्ने भाडाका वा निजी साधनहरु २८ लाख ७० हजार छन् भने त्यसमध्येमा लगभग २१ लाख दुई पाङ्ग्रे सवारी साधन छन् । आज यि सवारी साधनले देशमा अझ कति प्रदुषण बढाएका छन् भन्ने कुरामा थापाजी भन्नुहुन्छ र अझ थप्दै दुई पाङ्ग्रे सवारी साधनमा प्रदुषण मापन गर्ने गरिएको छैन । यसलाई प्रदुषण मापन प्रक्रियाभित्र ल्याइनु पर्छ र प्रत्येक सवारीसाधन चुस्त र स्फुर्त कन्डिसनमा रहनुपर्छ । अझ नेपाल भित्रिदैं गरेको अवस्थामा भन्सार मै सवारीको प्रदुषण मापन गरेर देशभित्र भित्र्याउने काम गरिनु पर्छ । 


आज राष्ट्र र जनता सवारी साधनको व्यवस्थापनको बेहाल अवस्थाबाट गुज्रिरहेको अवस्थामा झन प्रदुषण थपिदाँ र अझ त्यसमाथि असावधानीकपूर्वकका यात्राहरु गर्दा र गराइँदा पाइला पाइलामा राष्ट्रलाई घाटा र बदनामी त छँदैछ त्यसमाथि जनतामा अस्वस्थता पैदा गराउने परिस्थिती र जोखिमपूर्ण यात्रा गर्नुपर्ने कुराले छाड्न सकेको छैन भनेर राम बहादुर थापाजी नेपाली दुरावस्थाको आंकलन गर्दै दुःख मनाउ गर्नुहुन्छ । जसलाई आज म देश हाँक्छु भनेर पुmँई लगाउने र घमण्ड गर्नेहरुले बुझ्न नसकेको कुरालाई भने उहाँ हाकाहाकी नै भन्नुहुन्छ । उहाँका अनुसार सम्बन्धित पदमा बस्ने बाहिर तथा भित्रका जो कोहिले पनि आफ्नो दिमागभित्रको गिदी घुमाएर जबसम्म सोच्दैनन् र सोच्ने अवस्था बन्दैन तबसम्म यो देशको दुर्गतिको जिम्मेवारी कसले लिने यहाँ गम्भिर प्रश्न उठ्दछ उहाँ भन्नुहुन्छ । 


तर वास्तवमा भन्ने हो भने उहाँ एक जनाले देश र जनताको लागि यत्रो आवाज उठाउन सक्नुहुन्छ भने बाँकी सब यत्रा म्यानपावरको मुख किन खुल्दैनन् भन्ने कुराचाहिँ नेपाली भूमिमा बडो रहस्यात्मक बनेको कुरामा उहाँ ध्यान खिच्न चाहनु हुन्छ । एकले थुकी सुकी धेरैले थुकी नदी भनेभैंm अब थापाजीको बोलीमा बोली मिलाउन र उहाँको आवाज संगसंगै आवाज बुलन्द बनाउन प्रत्येक नेपालीहरु तात्नु पर्ने अवस्था आइसकेको छ । उहाँले यातायातको क्षेत्रबाट आफ्नो कदम बढाउनु भयो अब जनताले प्रत्येक नेपालको अस्तव्यस्त क्षेत्रमा व्यापक सुधार ल्याउन र सम्बन्धित क्षेत्रमा रहेका व्यक्तिहरुले आफ्नो पदीय दायित्व भन्दा बाहिर गएर गर्ने क्रियाकलापहरु निमिट्यान्न र त्यस्ता दुर्गती निम्त्याउने व्यक्तिहरुको टुप्पी समातेर रिंगाउन सबैजना जुर्मुराएर उठ्नुपर्ने उहाँको अभिमत कसैको लागिपनि दुईमत हुन सक्दैन । अब आउँ प्रत्येक नागरिक सचेत होऔं निदाएको आफ्नो अन्तस्करणको आँखालाई व्युझाउँ र कुप्रथा र कुसंस्कारले छोपिएर बल्न नसकेको दियोलाई अब झलमल पार्न ओल्र्यौं ठाउँठाउँबाट र घचघच्याएर लडाईदिऔं त्यस्ता धमिरा लागेका मनस्थिती बोकेका अदुरदर्शी र अपारदर्शी व्यक्तिहरुलाई जुन अबको अवस्थामा नेपाली जनताको लागि कुनै कामको छैन यो हो थापाजी आवाज जुन अब गल्ली गल्ली, सडक सडक घन्किनु पर्छ । देशमा एक किसिमको सुमधुर गति ल्याउन र बेथितीलाई हटाई सुधारिएको परिस्थितीको विकास गर्न जुन उहाँको र समयको पनि माग र आवाज हो ।   

 

                                                                            –लोकप्रिय संचारकर्मी तथा पत्रकार कमल राज दाहालसंगको कुराकानी