आज : २०७५ बैशाख १० सोमबार | Today: 23rd Monday, 2018

गायक सुवेदीको स्वयं अभिनय रहेकोे नयाँ गीतको म्युजिक भिडियो बजारमा आउने तरखरमा 

काठमाडौको विभिन्न रमणीय स्थानहरुमा गायक रवि सुवेदीको ‘कहिले माया उकाली’ बोलको गीतको म्युजिक भिडियो छायांकन गरिएको छ । काठमाडौको विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको उक्त गीतमा गीतकार शंकर ज्वालाको शब्द सृजना रहेको छ भने संगीत सुरेन्द्र श्रेष्ठको रहेको छ । आर्टिष्ट नेपालको प्रडक्सन रहेको भिडियोको माधव बेल्वासे सम्पादनमा रहनेछन ।

 

सन्दीप भुजेलको नृत्य निर्देशन रहेको भिडियोमा स्वयं गायक रवि सुवेदी, मोडल सुजाता आचार्य तथा रंजित पौडलेको अभिनय रहेको छ । युवा निर्देशक नव ढुंगेलको निर्देशनमा तयार भएको भिडियोलाई अमृत सुनुवारले छायांकन गरेका छन् । म्युजिक भिडियो छिट्टै बजारमा आउने गायक सुवेदीले जानकारी दिए । गायक सुवेदी एक दशक भन्दा लामो समयदेखी संगीत क्षेत्रमा सक्रिय छन् । उनले २ वटा सोलो एल्वम बजारमा ल्याइसकेका छन् । अमेरिकामा आफ्नो व्यापारमा व्यस्त रहेर पनि वर्षमा कम्तिमा २ पटक नेपाल आई विभिन्न सांगितीक कार्यक्रममा सहभागीता जनाउदै आएका छन् । यो पटकको नेपाल बसाईमा २ वटा म्यूजिक भिडियोको छायांकन तथा आधा दर्जन गीतहरुमा स्वर दिन भ्याएका छन ।