आज : २०७४ माघ ६ शनिबार | Today: 20th Saturday, 2018

नेपालमा पर्यटनः जोखिम र संभावना

नेपालमा हामीसँग प्राकृतिक स्रोत साधन, कृषि, जलस्रोत, जडीबुटी उत्पादन लगायतका सम्भावना पर्याप्त भएता पनि नेपालमा पर्यटनको संभावना अरु क्षेत्रको तुलनामा अनमोल छ । फेरि नेपाल प्राकृतिक छटाले सुसज्जित पर्यटनको संभावना नै संभावना बोकेको एउटा सानो र सुन्दर देश पनि हो । जताततै हरियाली, सुन्दर नदीनाला, हिमाल, पहाड अनि मिलेका समथर तराईका भूमिहरु हेर्ने बित्तिकै सम्मोहन लगाउने, मनै लोभ्याउने, आँखै झिम्क्याउन मन नलाग्ने खालका छन् साथै छहरा, कन्दरा र गुफाहरु आ–आÏनै आकर्षण बोकेर हामीलाई आउ आउ भनेर बोलाइरहेका छन् । जति हिँडेपनि थकाई नलाग्ने, जति हेरेपनि नबिझाउने स्वर्गकै एक अंश हो कि भन्ने देश नेपाल, पर्यटनको अहिले विद्यमान आकर्षण स्थलहरु त छँदैछन् अझ ती भन्दापनि अनेकन संभावनाहरु लिएर हामी सबैलाई घचघच्याइरहेको छ । कुरा बुझेर अघि बढ्दै जाने हो भने नेपाल र नेपालीको संवृद्धिको लागि धेरै कुर्नुपर्ने अवस्था छैन ।

 


वास्तवमा भन्ने हो पर्यटन व्यवसाय पर्यटकको वृद्धिसंगै अघि बढ्छ । पर्यटकको संख्या बढ्न पर्यटनको संभावना भएको क्षेत्रहरुको विकास हुनुपर्दछ । पर्यटक शब्दलाई अभैm टिपिकल नेपाली भाषामा भन्नु पर्दा पाहुना हो । विश्व पर्यटन संगठनले आफ्नो बासस्थानभन्दा टाढा पाहुनाका रुपमा एक रात वा २४ घण्टा बिताउने स्वदेशी तथा विदेशी सबैलाई पर्यटक भनी परिभाषित गरेको छ । सामान्य अर्थमा पर्यटन भन्नाले एक ठाउँबाट अर्को ठाउँमा रमाइलोका लागि घुमफिर गर्न जानु भन्ने बुझिन्छ भने जो कोहीले पनि कुनैपनि ठाउँमा पैसा तिरेर रात बिताउँदछ भने त्यो पर्यटन हो । त्यस्तै व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पनि पर्यटन भनिन्छ । तर हाम्रो देश नेपालमा भने सन् १९५० को दशकबाट मात्रै नेपालमा पर्यटनको ढोका खुलेको हो । तेन्जिङ शेर्पा र एडमन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेपछि उनीहरूसँगै नेपाल पनि बाहिरी विश्वमा परिचित भयो । 

 


पर्यटन क्षेत्रको विकास र विस्तारका लागि भन्दै सरकारले यसअघि पनि सन् १९९८ लाई भ्रमण वर्ष र २०११ लाई नेपाल पर्यटन वर्षको रूपमा मनाएकै हो तर, ती वर्षहरूमा सरकारका योजनाहरू त्यति सफल भएका देखिँदैनन् । तर पर्यटन नेपाल जस्तो मुलुकको लागि दिगो र अडिग आम्दानीको स्रोत हो । पूर्वाधारको अभाव र पर्यटकीय सेवा र सुविधाको कमीले गर्दा पर्यटन उद्योगका लागि ल्याइएका सरकारी योजना प्रायः असफल बन्ने गरेका छन् । ७ ओटा विश्व सम्पदा सूचीमा समावेश भएका सम्पदा रहेको नेपालको पर्यटन विदेशी पर्यटकमा मात्रै निर्भर रहेको देखिन्छ । विश्व मानचित्रमा नेपाल सानो देखिए पनि सांस्कृतिक विविधता प्राकृतिक सौन्दर्यतामा नेपाल विश्वकै उत्कृष्ट मुलुक हो । हिमाल पहाड र तराईको अनुपम कलाका रूपमा रहेको नेपाल आउने जो कोही पनि मन्त्रमुग्ध हुन्छन् । अहिले नेपालमा सालमा लगभग ५ लाख हाराहारीमा पर्यटक आउँछन् । यसको मतलब कुल राष्ट्रिय उत्पादनमा पर्यटन क्षेत्रको योगदान जम्मा ३ प्रतिशत छ । विदेशी पर्यटकहरू यहाँ नयाँपन खोज्दै आउने आउँछन् । विदेशी मात्रै पनि होइन, आन्तरिक पर्यटक पनि नयाँ–नयाँ ठाउँ घुम्न, आफूभित्रको कौतूहलता मेटाउन र रमाइलो गर्न पर्यटकको रुपमा आउँछन् । राजमार्ग छेउछाउमा भएका सुनकोसी, भोटेकोसी, तामाकोसी, कर्णाली, गण्डकीजस्ता नदीहरूको आकर्षण बढाएर पनि पर्यटकलाई मनोरञ्जन प्रदान गर्न सकिन्छ ।

 


तर राजनीतिक द्वन्द्व र खिचातानीले नेपाललाई धेरै गलाइसकेकाले हाम्रो पर्यटन सोचे अनुरुप अगाडि बढ्न नसकेको हो । यहाँ एउटा कुराको कमजोरी छ त्यो हो बिना अनुभवका मानिसहरुलाई आÏनो पकड बलियो बनाउन राजनीतिक नियुक्ति भन्दै मूख्य पदमा नियुत्त गरिने कुसंस्कारको खेती छ । सम्बन्धित क्षेत्रमा काम गरिसकेका त्यस क्षेत्रलाई हाँक्न सक्ने संपूर्ण योग्यता तथा अनुभव प्राप्त बिना स्वार्थ र पुर्वाग्रह पदको उचित न्याय गर्नसक्ने किसिमको व्यक्तिलाई जिम्मेवारी दिनुप¥यो । देशको ढुकुटीलाई स्वाहा पार्ने परिलक्षित राजनीतिक तानातानको विडम्बना स्वरुप आज संपूर्ण नेपालीहरुले देशको विकासको खाका भन्दापनि नोटका बिटा सोहर्नमा तल्लीन नेता, सरकार र प्रशासन पाएका छन्, जसलाई जनताको दुःख र चाहनामा एकरुपता देखाउने फुर्सत नै छैन । यस्तो अवस्थामा देश र जनताको भलाईको काम हुन्छ भनेर कसरी विश्वास गर्न सकिन्छ ? जनसंख्या बसाइको अवस्थिति, ऊर्जा, सडक लगायतका विद्यमान समस्या जस्ता सवालले ऐतिहासिक धार्मिक स्थलहरूको पर्यटकीय सम्भावनामा पनि ह्रास आउन थालेको छ । वास्तवमा नेपालमा पर्यटन क्षेत्रको सम्भावना के हो र पर्यटन वाटै मुलुक कसरी समृद्ध बन्न सक्छ भन्ने स्पष्ट धारणा हाम्रा राजनीतिक नेतृत्व तहमा विकास भएकै छैन । हाम्रा राजनीतिक नेतृत्वलाई पर्यटनको सम्भावनाको स्पष्ट चित्र देखाउन सकिएको छैन । यसले गर्दा राजनीतिक नेतृत्वले पर्यटनलाई सम्भावनको क्षेत्र भनेर भनेपनि वास्तवमै आफ्ना योजनाहरुमा पर्यटनलाई प्राथमिकता दिन सकिरहेका छैनन । वास्तवमा नेपालमा पर्यटन क्षेत्रको सम्भावना के हो र पर्यटन वाटै मुलुक कसरी समृद्ध बन्न सक्छ भन्ने स्पष्ट धारणा हाम्रा राजनीतिक नेतृत्व तहमा विकास भएकै छैन । हाम्रा राजनीतिक नेतृत्वलाई पर्यटनको सम्भावनाको स्पष्ट चित्र देखाउन सकिएको छैन । यसले गर्दा राजनीतिक नेतृत्वले पर्यटनलाई सम्भावनको क्षेत्र भनेर भनेपनि वास्तवमै आफ्ना योजनाहरुमा पर्यटनलाई प्राथमिकता दिन सकिरहेका छैनन् ।

 


त्यहि भएर देशमा दिन–प्रतिदिन बढ्दो अस्थिर व्यवस्थापन र गैर–जिम्मेवार कार्यहरुले गर्दा नै नेपालीहरू कामका लागि विदेशिने क्रम पनि बढ्दो छ । यस प्रक्रियालाई घटाउन र स्वदेशमै अत्यधिक संभावना रहेको पर्यटन उद्योग प्रत्येक कोणबाट विकास गरेर विदेशिने युवाहरुलाई रोक्न सकिन्छ । तसर्थ विगतका कमी–कमजोरीहरूबाट पाठ सिक्दै दीर्घकालीन पर्यटन विकासमा जोड दिनु आजको आवश्यकता हो । साथसाथै राज्यले अघि सारेको ‘टुरिज्म भिजन– २०२०’ तथा नयाँ गुरुयोजना सफल पार्न सबै पक्ष र वर्गको ध्यान जानु आवश्यक पनि छ किनकी पर्यटनले विकासको पाँग्रोलाई अगाडि हाँक्न सक्दछ ।


देशमा पर्यटनलाई अघि बढाउन यातायात पर्यटन क्षेत्र पर्यटन विकासको पहिलो पूर्वाधार हो । कतिपय दुर्गम स्थानमा सञ्चालित हवाई यातायात पनि सर्वसुलभ हुन सकेको छैन । तसर्थ सवैभन्दा महत्वपूर्ण प्रश्न हवाई उड््डयन क्षेत्रमा छ । एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनु, त्यसमा पनि अव्यवस्थित र असुरक्षित हुनु विडम्बनाको कुरा हो । अर्कोतिर विश्वभर नेपाली आकाश सुरक्षित छैन भन्ने किसिमका सन्देशहरु प्रवाहित भईरहँदा पनि सरकारले त्यसलाई चिर्न सकेको छैन । अर्को्तिर कमजोर राष्ट्रिय ध्वजाबाहकको अवस्थामा सुधार नआई जतिसुकै गफ गरेपनि पर्यटन विकास सम्भव छैन । 

 


सवैभन्दा महत्वपूर्ण प्रश्न हवाई उड््ड्यन क्षेत्रको छ । देशमा एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनु, त्यसमा पनि अव्यवस्थित र असुरक्षित हुनु । अर्कोतिर विश्वभर नेपाली आकाश सुरक्षित छैन भन्ने किसिमका सन्देशहरु प्रवाहित भईरहँदा पनि सरकारले त्यसलाई चिर्न सकेको छैन । अर्कोतिर कमजोर राष्ट्रिय ध्वजाबाहकको अवस्थामा सुधार नआई जतिसुकै गफ गरेपनि पर्यटन विकास सम्भव छैन । त्यसमाथि नेपाली हवाई यातायात जोखिमपूर्ण मानिन्छ । सडकहरु पनि साँगुरा र खाल्टाखुल्टी परेका भएकाले हरपल दुर्घटनाको जोखिम छ भने प्राय गाडीहरु पुराना र सहि कण्डिसनका नचल्नाले पनि यात्रुहरुको ज्यान जहिले धुकचुकमा रहन्छ । पर्यटकहरुको लागि भएपनि त्यस्ता कुराहरुमा यथेष्ट ध्यान पु¥याएर ती कुराहरुलाई सुधार गर्न सकिन्छ, त्यस्तै अर्कोतर्फ, नेपालमा अधिकांश पर्यटक ‘ट्रेकिङ’ का लागि आउने गर्छन् । पर्यटकीय स्थलका रूपमा हामीले केवल काठमाडौं उपत्यका, पोखरा, चितवनजस्ता सीमित स्थानलाई मात्र चिनेका छौं र चिनाउन सकेका छौं ।  गाउँ–गाउँमा विकास निर्माणका काम पु¥याउँदै नयाँ सबै प्रकारका ट्रेकिङ रूटहरूको खोजी गर्न सकियो भने सुनमा सुगन्ध हुने थियो ।

 


हाम्रो देशमा पर्यटनको आकर्षण भनेको प्राकृतिक स्रोत नै हुन् । यहाँका प्राकृतिक स्रोतलाई पर्यटनसँग जोड्नुपर्छ । अल्पकालीन तथा दीर्घकालीन रुपमा दुई किसिमले पर्यटन बजार प्रवद्र्धन गर्न सकिन्छ । संचार माध्यमबाट विज्ञापन गराएर, ब्रोसर बाँडेर, समय समयमा पर्यटन मेला आयोजना गरेर, सभा सम्मेलन आदिका माध्यमद्धारा अल्पकालीन रुपमा पर्यटन बजार प्रवद्र्धन गर्न सकिन्छ । विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रमहरुमा पर्यटनसम्बन्धी विषयहरु समावेश गरेर, योजनाबद्ध किसिमले बजार प्रवद्र्धनका कार्यक्रमहरु संचालन गरेर, संचारमाध्यमहरुबाट नियमित रुपमा कार्यक्रमहरु संचालनका साथै विज्ञापन गराएर, लेख, रचना, किताव प्रकाशन गरेर तथा पर्यटन व्यवस्थापनका निश्चित विषयहरु होटल व्यवस्थापन, यातायात व्यवस्थापन आदिको अध्ययन अध्यापन र तालिम प्रदान गरेर दीर्घकालीन रुपमा आन्तरिक पर्यटनको बजार प्रवद्र्धन गर्न सकिन्छ । नेपाल बुद्ध जन्मेको देश भएकोले पनि विश्व बजारमा नेपाल शान्ति र सद्भावका लागि चिनिन्छ र शान्ति र सद्भाव यहि कुराहरु खोज्न विश्वभरिका मानिसहरू पर्यटक बनेर नेपाल घुम्न आउने गर्छन् । 

 


त्यस्तै चलचित्र, म्युजिक भिडियोको निर्माणले पनि पर्यटकीय क्षेत्रलाई अघि बढाउन सक्दछ, स्थल छनौटमामा यहाँका पर्यटकीय स्थल पार्नसकेमा अझ पर्यटन विकासको लागि दर्विलो पक्ष बन्न सक्दछ । नेपाल प्राकृतिक सुन्दरताको धरोहर, पर्यटकको आकर्षणको केन्द्रविन्दु, पर्यटन व्यवसायको प्रचुर सम्भावना बोकेको एउटा बैभवशाली मुलुक भएकाले, पर्यटन व्यवसाय अर्थ व्यवस्था वा समृद्धिको सुचक भएकोले यसको उचित विकास र व्यवस्थापन गरी सम्भावित चुनौतिलाई समाधान गर्ने पक्षतर्फ सम्बन्धित सरोकारवालाको ध्यान केन्द्रित समयमा नै हुन सकेमा नेपाल विश्वकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नसक्छ । पर्यटनमा सवैभन्दा महत्वपूर्ण विषय अन्तर्राष्ट्रिय स्तरको प्रवद्र्धन पनि हो । त्यस्तैप्रकारले ग्रामीण पर्यटनका बलिया आधार मानिने पर्यावरण पर्यटन, सांस्कृतिक पर्यटन, धार्मिक पर्यटन, साहसिक पर्यटन, स्वयंसेवक पर्यटन जस्ता महत्वपूर्ण आयामको उपयोग गर्न पर्याप्त रुपमा व्यवसायीकरण गर्न सकिएको छैन । अब यहाँ एकीकृत योजना सहित हाम्रा गन्तव्यहरुको उजागर गर्नको निमित्त कसिलो र ठोस योजनालाई तय गर्न सक्नुपर्दछ । नयाँ सोच र दूरदृष्टिको संयोगबाट बन्ने योजनाले मात्र दीर्घकालिन रुपमा समस्याको समाधान हुन्छ । त्यसकारण सरकारले महत्वका धार्मिक–सांस्कृतिक स्थानको उचित प्रबन्ध गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नसक्छ । त्यसका लागि यातायात (हवाई र स्थलमार्ग) को विकासको पूर्वाधारका साथसाथै सुधार हुनु  अनिवार्य भैसकेकोछ । नेपालमा एउटा रोमाञ्चकारी ¥याफ्टिङ, हाई अल्टिच्युड खेल आदिमा पर्यटनको सम्भावना विद्यमान छ । गौतम बुद्ध जन्मिएकाले बुद्ध धर्मावलम्बीलाई नेपालमा आकर्षित गर्न सकिने सम्भावना छ । 

 

                                                                                                                                                          –कमल राज दाहाल “कुमार”
                                                                                                                                                             एम.ए. (टि.यू.)