आज : २०७५ बैशाख १० सोमबार | Today: 23rd Monday, 2018

सवाल राष्ट्रियताको

म जन्मेर, हुर्केर पनि यत्रो भइसकें, हाम्रो देशको राजनीति अभैm बुझ्न सकेको छैन । कहिलकाँहि त दिक्क लाग्छ म नेपाली भएर देशको लागि के दिनसकें भनेर ? कमसेकम देश सुहाउँदो बोली बोलें अथवा केहि अक्षर कोरें भने पनि म कुनै स्तर नभाको मान्छेले धेरै दिएको जस्तो हुनेछ देशलाई । म त अरुथोक त केहि जान्दिन केवल यति भन्छु हाम्रो देशमा नेताहरु शायद चाहिएभन्दा बाठा भएर होला देशले अभैm काँचुली फेर्न नसकेर रन्थनिएर बसेको । ‘लाटाको देशमा गाँडो तन्नेरी’ भनेभैंm भएको छ हाम्रो देशको राजनीति । नेताले बुझपचाएका हुन् कि उनीहरुमा परिस्थितीको विश्लेषण गर्ने अन्तरदृष्टिको कमी भएको हो, जहिले पनि सुगाले जस्तो एउटै रटान गरेर बसेका छन् यस्तै नै हुनुप¥यो भनेर । खै के हो बुझ्नलाई असजिलो परेको छ । दायाँ–बायाँ, उत्तर–दक्षिण यसो नजर दौडाएर कसको के नियत छ र के ठिक छ र के बेठिक छ भनेर चिन्तन मनन गर्दै यी नेताहरु किन एउटै मञ्चमा उभिन नसकेका होलान् ? जुनसुकै धर्म मान्ने भएपनि अन्तिम आपत् परेको बेलामा ‘हे भगवान मलाई बचाऊ!’ भनेर हात जोड्दै टाउको मास्तिर फर्काएर गुहार्ने ठाउँ त आकाश तिरै हो । त्यस्तै जुन दल र जति दल भएपनि उद्देश्य भनेको देश विकास गर्ने नै हो भने किन यिनीहरु साझा धारणा बनाएर अघि बढ्न सक्दैनन् बडो अचम्मको कुरा छ यो ।

 


खाँटी कुरा चाँहि के हो भने हाम्रो देश कसैसंग नझुकेको र उपनिवेश पनि नबनेको उदाहरण छ । यस्ता इतिहास बोकेका हामी किन आफ्नो देशभित्रका निर्णय लिन दुनियाँ गुहार्दै हिड्छौँ ? आफ्नो घरको कुरा बाहिर पोख्दै आफ्नै घरको परिवारलाई अरुको सामु हाँसोको पात्र बनाएर मुन्टो झुक्ने गरी उभ्याउँछौ ? यहि कुराको निदानको लागि हाम्रा कतिपय नेताले नैतिक पाठ सिक्न जरुरी छ जसले यो देशमा सबथोक मैं हुँ र मेरै हालीमुहाली छ भनेर सोच्ने गर्दछन् । भित्री आत्मामा कुन कुरा साँचो हो र के गर्दा सारा देश र नेपालीको लागि गौरवको विषय बन्ने छ र देश उँभो गतितिर लाग्नेछ भनेर । मान्छे तर्साउँदैमा सबै कुरा सुल्झेर जाने होइनन्, मनोभावना बुझ्न सक्नुपर्दछ । विचारले लड्नुपर्दछ, तर्कले काट्नसक्नुपर्दछ हतियारले होइन । 

 


अर्को अर्थमा भन्ने हो भने ज्यानको परवाह नगरी नेपाललाई नेपाल हो भनेर चिनाउने र जोगाउने सपुतहरु पनि त थिए नि उनीहरुलाई भ्यागुताको धार्नीको भाउमा व्यवहार गरिदैंछ यो अति नै चिन्तनीय कुरा हो । राजा पृथ्वीनारायण शाह, बहादुर शाह, भीमसेन थापा, कालु पाण्डे, जस्ता व्यक्तित्वहरु जसले आज हामीलाई नेपाली हौं भनेर शिर ठाडो पार्ने थलो सुम्पिए, नत्र वरिपरिबाट वा जताबाट हुन्छ नेपाललाई लुछेर खानपाए हुन्थ्यो भन्ने त त्यति बेलैदेखि थिए । त्यहि भएर त हाम्रा सामु नेताहरु मच्ची मच्ची उम्ली उम्ली भागबण्डा लाएजस्तै टुक्रा पारी पारी सारा नेपालीको मन रुवाएर नेपाल आमालाई रुवाई रहेका छन् । देश र जनता प्रतिको न्याय भनेको स्वार्थको दायराभित्र राखेर तौलिएपछि पछुताउनु बाहेक सोझासिधालाई बाँकी के नै छ र ?

 


एउटा निदाल कुहिएर घर लड्यो भन्दैमा सबै निदाललाई कुहिएको भन्न मिल्दैन । यहाँ विभिन्न पक्षहरुले शासन गरे र समग्रमा भन्दा लामो समयसम्म शासन गर्ने शाहवंश नै हो । संगसंगै मल्ल र राणाहरु पनि आउँछन् । उनीहरुका बिचमा पनि कतिपय त देशको लागि भन्दा पनि दरबार र खोपी कै भलोकै लागि सोच्दासोच्दै समय बिते होलान् । तर कोहि कोहि त थिए जसले आफ्नो ज्यानलाई भन्दा पनि राष्ट्रलाई माया गरे र रातदिन केहि नभनी मरिमेटेर यो राष्ट्रको अस्मिता जोगाउन र गरिमा बढाउन लागिपरे । त्यस्ता व्यक्तित्वलाई हामीले शासन व्यवस्था परिवर्तन ग¥यौं भन्दैमा नकार्न र ढोका पछाडी राख्न मिल्छ ? तर आज यहि भयो, पृथ्वीनारायण शाह जो हाम्रा राष्ट्रका पिता हुन् उनैलाई पाखा लगाउन खोजियो । हामीले त उनीबाट पाठ सिक्नु पर्ने बेलामा उनैलाई राष्ट्रको परचक्री जस्तो उनको जन्म जयन्तीमा बिदा समेत दिइएन । भर्खर अस्तीको पृथ्वी जयन्तीदेखि मात्र पृथ्वीनारायण शाहलाई सम्मान र आदर स्वरुप बिदा दिइएको थियो । 

 


अग्रेंजले नेपालको भू–भाग खान खोज्दा को लडे, त्यसैको परिणाम स्वरुप त हामी स्वतन्त्र राष्ट्रको गौरवशाली वासिन्दा छौं । तर सन् १९५० मा जुन नेपाललाई छिमेकीको सामु तल पारेर सन्धि भयो यसमा हस्ताक्षर गर्नेहरुको भने ब्रम्हले काम नगरेको हो कि भने भन्न सकिन्छ किनकि यसको दीर्घकालीन असर अर्थात सन्ततिमा यसको असर कस्तो पर्छ भनेर । त्यहि १९५० को नियतिले हामीलाई बेलाबेलामा सताइरहेको छ । अभैm यो कुरा बुझेर समय सापेक्ष चल्न नसक्नु भनेको दिमागमा भुस भरिएका नेताले आपैंmलाई मपाईं भनेजस्तै हो । किनकि घरभित्रको निर्णय लिने अधिकार घरभित्रको परिवारको हुन्छ न कि ढोका बाहिरका मानिसहरु जो कतिपय अर्काको घरभित्रको चियोचर्चो गर्न आईरहेका हुन्छन् । त्यस्ताहरुलाई बस पाहुनाको रुपमा राख्ने हो । पाहुनालाई त सबैकुरा खोल्नुपर्ने जरुरत छैन । उनीहरु आउँछन् आनो काम सिध्याउन जान्छन् भित्रको कुरा उनीहरुसंग उदांगो पार्नु जरुरत छैन । 

 


हामी अब गौरवी र आत्मसम्मानी बनेर जिउन सिक्नुपर्छ । नेपाली नेताहरु त बच्चा त होइनन् होला अर्काले आएर हात समातेर माथि उठाओस् । स्वविवेकी स्वनिर्णित बन्न अति जरुरी छ । भर्खर बनाउन लागेको माटाको भाँडोजस्तो हैन जता ढल्काउन, फर्काउन खोज्यो उतै ढल्किने । देश र जनताको पक्षमा अडान हुनुपर्यो र आनो माटोलाई चिन्नु पर्यो । यहि नै समयले खोजेको हाम्रा देशका नेताहरुबाट । 


                                                                                            –कमल राज दाहाल
                                                                                              एम.ए. (टि.यू.)