आज : २०७५ बैशाख ९ आइतबार | Today: 22nd Sunday, 2018

हरियो सागपात र आटो (च्याँख्ला) खान मनपर्छः मोडल सुनिल बलाल

कुनै पनि व्यक्ति पब्लिक फिगर भएपछि उसलाई मेन्टेन गर्न जरुरी हुन्छ । यस्तै डेढ वर्षदेखि मोडलिङ्ग दुनियाँमा छिरेका मोडल सुनिल बलाललाई हरियो सागपात र आटोले बनेका  खाना खान मनपर्छ । स्वास्थ्यको हिसाबले भातभन्दा आटो नै सर्वोत्कृष्ट हुने अनि धेरै माछा मासु खानुभन्दा पनि हरियो सागपात नै मिठो र फाइदाजनक हुने कुरा निज बलाल बताउँदछन् । उनले त्यतिमात्र होइन खानेकुराहरु खाने बेलामा पनि निकै ध्यान दिन्छन् । एकदम धेरै नै भोक लाग्यो भने मात्र बाहिरको क्याफे तथा रेस्टुरेन्टमा खाने गर्छन् । नत्रभने उनलाई घरमै बनाएको खाना मात्रै खाने बानी छ र खानैपर्छ । यदि पानी तिर्खा लाग्यो भनेपनि उनी जहाँ पायो त्यहिँ पानी पिउँदैनन् । उनी जहिले पनि उमालेको पानी आनो वाटर बोटलमा बोक्ने गर्दछन् । 


पित्जा, मम, स्याण्डविच अनि बर्गर आदि खानेकुराहरु कत्तिको मनपर्छ भन्ने प्रश्नमा उनी भन्छन्ः मम चाहिँ हल्का रुपमा खाने र पित्जा, स्याण्डविच, बर्गर खान भने उनलाई मनै लाग्दो रहेनछ । 


लोकप्रिय न्यूजसंगको कुराकानीमा उनले भनेका छन् कलाकार मात्र नभई सबै सर्वसाधारण मानिसहरुले आनो खानपिनमा ध्यान दिनैपर्छ । निज बलाल पनि आनो खानपिनमा अत्यन्तै ध्यान पुर्याउँदछन् । पढाईसंगै मोडलिङ्गमा व्यस्त सुनिल बलाललाई लोकप्रिय अनलाइन रेडियो तथा न्यूजको तर्पmबाट अग्रिम शुभकामना दिदैं उनको उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।