आज : २०७५ श्रावण ७ सोमबार | Today: 23rd Monday, 2018

गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको “मोहिनी” गीतको भिडियो सार्वजनिक 

सुर मेलोडि रेकर्डिङ्ग स्टुडियोमा रेकर्डिङ्ग गरिएको सुरेन्द्र श्रेष्ठको स्वर तथा संगीतमा नेपाली आधुनिक गीत ‘मोहिनी मेरी मोहिनी’ भर्खरै मात्र रिलिज भएको छ । यस गीतको संगीत संयोजन दिपेश सिंहको छ भने शब्द दिलिप पौडेलको हो । माधब बेलबासेको संपादनमा तयार गरिएको यो गीतको छायांकन तथा निर्देशन अमृत सुनुवारद्वारा गरिएको हो । 

 

यो मोहिनी बोलको गीतको म्युजिक भिडियोमा अभिनय स्वयं गायक सुरेन्द्र श्रेष्ठ र क्रिष्टिना थापाले गर्नुभएको छ भने गीतलाई श्रृगांर निर्मला आचार्यले गर्नुभएको हो । यस मोहिनी गीतको भिडियो नेपाली धर्तीको सुन्दर हरियाली क्षेत्र बर्दिया तथा कर्णाली भेग मनोरम दृश्यलाई लक्षित गरेर खिचिएका यो कर्णप्रिय तथा माधुर्यता भरिएको गीतको मिठासलाई हृदयंगम गर्न संग्स नेपालद्वारा यूट्युबमा पनि अपलोड भइसकेको छ ।