कविताः उन्नतिको हिमचुली ठड्याउनलाई

विकासतर्पm उन्मुख हुन खोज्ने हामी
यथार्थवादी मानवहरु आज
परिवेश र वाध्यतामा जकडिएर पो हो कि
या, सुखमय संसारको नौलोपनको
चाहना र विलासमा बल्झिएर हो कि
वास्तविक समयको गतिलाई
चिन्न नसकी होला शायद
प्रत्येक पल–पलमा अदृश्य चाहनाहरु
एक पछि अर्को उत्पन्न हुँदै
कल्पना अनि भावनामा
विलाइ रहेछन् यहाँ ।
चाहना र सोचाई रहेको हुन्छ
जो कोहि पनि ढल्कियोस्
यथार्थवादी भएर
उन्नतिको हिमचुली ठड्याएर
अस्त–व्यस्त जन–जीवनलाई
वास्तविकताको गोरेटो देखाएर
अलिकति भएता पनि शान्तिको श्वास
चेतनाको कदम, अघि बढ्ने साहस
आँखामा चाहना, केहि गर्ने प्यास
सोचाइमा दिलचस्पी, हृृदयमा विश्वास
जुन कुराहरु जगाउनु नै मुल कर्तव्य बनेको छ ।
–कमल राज दाहाल “कुमार”
एम.ए. (टि.यू.)