आज : २०७५ श्रावण ७ सोमबार | Today: 23rd Monday, 2018

नेपाल र युएई विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको खेलमा युएईमा भिड्दै

काठमाडौं । २० मंसिर २०७४, नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको खेलमा अहिले युएईको सामना गर्दैछ । खेल युएईको राजधानी अवुधावी स्थित शेख जायेद रंगशालामा हुँदैछ । नेपाल र युएई शीर्ष चारको दौडबाट बाहिरिसकेका छन् । तर यस सातौं तथा अन्तिम चरणको खेलमा नेपालले जित निकालेमा २ फेब्रुअरी २०१८ मा हुने डिभिजन २ को खेलको लागि तयारी हुनेछ ।

 

हाल युएई ६ अंकका साथ ८ राष्ट्र सम्मिलित च्याम्पियनसिपको अंक तालिकाको पुछारमा छ । पहिलो चार खेल हारी च्याम्पियनसिपको सुरुआत गरेको नेपाल त्यसयता नामिबिया, नेदरल्यान्ड्स, केन्यासँग विजय हात पारेपछि नेपालको शीर्ष चारमा पुग्ने आशा पलाएको थियो । तर हङकङसँगको पछिल्लो हारले नेपाल शीर्ष चारको दौडबाट बाहिरिएको थियो ।

 

अंक तालिकामा नेपाल ९ अंकका साथ छैटौं स्थानमा छ । युएईसंग दुबै खेल जितेमा नेपाल पाँचौं स्थानमा उक्लन सक्नेछ । यूएई संगको अर्को खेल शुक्रबार हुनेछ । शीर्ष चारमा नपरेकाले नेपाल र युएई यसअघि नै डिभिजन २ मा झरिसकेका छन् । डिभिजन २ फेब्रुअरीमा नामिबियामा हुने तालिका रहेको छ ।