आज : २०७४ माघ १० बुधबार | Today: 24th Wednesday, 2018

मुस्लिम बाहुल्य ६ देशका नागरिकको यात्रा प्रतिबन्ध गर्ने ट्राभल ब्यानलाई सर्वोच्च अदालतद्वारा समर्थन

वासिङ्टन । १९ मंसीर २०७४, मुस्लिम बाहुल्य रहेको ६ देशका नागरिकमाथि अमेरिकी सर्वोच्च अदालतले प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्राभल ब्यानको फैसलालाई समर्थन गरेर त्यसलाई पूर्ण रुपमा लागु गर्न निर्देशन दिएको छ । ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेलगत्तै मुस्लिम बाहुल्य देशबाट अमेरिकाको सुरक्षामा खतरा रहेको भन्दै चाड, इरान, लिबिया, सिरिया, सोमालिया र यमन यी ६ राष्ट्रहरुलाई ट्राभल ब्यान गर्ने निर्णय गरेका थिए । 

 

यस फैसलामा सर्वोच्च अदालतका ९ मध्ये सात न्यायाधीशले ट्रम्प प्रशासनले तल्लो अदालतले यात्रा प्रतिबन्ध लागू गर्न लगाएको प्रतिबन्ध हटाउन गरेको मागको पक्षमा मत दिएका छन् । उक्त प्रारुपमा रहेको सबै शरणार्थीहरुलाई १२० दिनसम्म अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने फैसलालाई स्वीकार गरिएको थियो ।  सर्वोच्चले ट्रम्पको ट्राभल ब्यान प्लानलाई कार्यान्वयनको लागि अब बाटो खुला भए पनि अझै कानुनी चुनौतीहरु भने बाँकी नै रहेको कुरा बताइएको छ ।

 

राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा सत्ता सम्हालेपछि यात्रा प्रतिबन्ध सम्बन्धि विवादास्पद नीतिका तीन प्रारुप जारी गरेका थिए । यही वर्षको जुनमा सर्वोच्च अदालतले ट्रम्पको प्रतिबन्धसम्बन्धि आदेशको पहिलो प्रारुपमा आशिंक मन्जुरी दिएको थियो । राष्ट्रपति ट्रम्पको आदेशमा उत्तर कोरिया र भेनेजुएलाका केही सरकारी अधिकारीमाथि पनि प्रतिबन्ध सामेल छ । 

 

तल्लो अदालतका न्यायाधीशहरुले ट्रम्पको निर्णय धार्मिक रुपमा मुस्लिममाथिको प्रतिबन्ध रहेको संज्ञा दिदैं यात्रा प्रतिबन्धलाई खारेज गर्ने निर्णय दिदैं कार्यान्वयनमा रोक लगाएका थिए । तर यस प्रतिबन्धमा भने तल्लो अदालतबाट अनुमोदन पाइसकेको छ । तर राष्ट्रपतिको निर्णय विरुद्धमा विभिन्न संघीय अदालतले फैसला गरेपछि कार्यान्वयनमा आउन सकेको थिएन । यस मामिलामा यही हप्ता सान फ्रान्सिस्को र रिचमण्ड अदालतमा पनि सुनवाई हुनेछ ।

 

अब सर्वोच्च अदालतको आदेशपछि मुस्लिम बाहुल्य ६ देशका नागरिक अमेरिका प्रवेश गर्न नपाउने भएका छन् ।