आज : २०७५ श्रावण ७ सोमबार | Today: 23rd Monday, 2018

११औं संस्करणको मिस लिटिल नेवाः बनिन् जेनी मानन्धर

काठमाडौं । कक्षा ८ मा अध्ययनरत भक्तपुर निवासी १३ वर्षीया जेनी मानन्धरले आफ्ना ३० जना प्रतिस्पर्धीलाई उछिन्दै मिस लिटिल नेवाः २०१७ को उपाधि जितेकी छिन् । राजधानीमा सम्पन्न उक्त प्रतिस्पर्धामा जेनीले नगद १० हजार सहित क्राउन पहिरिएकी पाएकी हुन् । नेप्लिज फेसन होमले आयोजना गरेको ११औं संस्करणको मिस लिटिल नेवाः मा ३१ जना बालिका तथा किशोरीले प्रतिस्पर्धा गरेका थिए ।

 

यसैगरी प्रतियोगितामा भक्तपुरकै रोजा प्रजापतिले फस्ट रनर अप र काठमाडौंकी सियोन डंगोलले सेकेन्ड रनर अप अपको उपाधि जितेका छन् । यस प्रतियोगितामा नेवार समुदायका ९ देखि १३ वर्ष उमेर समूहका बालबालिका तथा किशोरीले प्रतिस्पर्धामा भाग लिएका थिए । उक्त कार्यक्रमको अवसरमा नेपा डान्स एकेडेमीका कलाकारले नृत्य प्रदर्शन गरेका थिए ।

 

यस मिस लिटिल नेवा प्रतियोगितामा काठमाडौं ढल्को निवासी सिजल महर्जनले मिस ट्यालेन्टको उपाधि जितेकी छिन् भने रिधाना श्रेष्ठले सोसल वेलफेयर एम्बेसडर, आइसा श्रेष्ठले बेस्ट ड्रेस, श्रीजिका श्रेष्ठले मिस डिसिप्लेन, सगुन श्रेष्ठले बेस्ट स्किन, स्नेहा ताम्राकारले बेस्ट हेयर, पूर्वा प्रधानले मिस चार्मिङ, काठमाडौं बागबजार निवासी शिल्पी वज्राचार्यले बेस्ट स्माइल, रुनिसा पुजारीले मिस क्युट, ओसिन महर्जनले मिस फोटोजेनिक तथा स्मृति खड्गीले मिस फ्रेन्डसिपको उपाधि जित्न सफल भएका छन् । 

 

उक्त प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुले डिजाइनरद्वय प्रज्वल श्रेष्ठ तथा सरिता महर्जनले तयार पारेका पहिरन प्रदर्शन गरेका थिए । साथै यस प्रतियोगितामा पूर्वमिस नेवाःहरू एलिसा वज्राचार्य, सुदिना श्रेष्ठ, ईशु श्रेष्ठ, सौन्दर्यकर्मी सुष्मा महरा, गायक निर्णय श्रेष्ठ, प्रदीपमान प्रधान तथा त्रिलोचन श्रेष्ठ निर्णायक थिए ।