आज : २०७५ भदौ ४ सोमबार | Today: 20th Monday, 2018

प्रचण्डले संघीयता उल्टिने हो कि भन्ने आशँका गर्दै दिए यस्तो अनौठो अभिव्यक्ति

लोकप्रिय समाचार ।

 

काठमाडौं, साउन २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले करका कारण संघीयता उल्टिन सक्ने बताएका छन् । उनले स्थानीय तह र प्रदेशैपिच्छे कर लगाउँदा संघीयता बाईसे–चौबीसे राज्यजस्तै हुन सक्ने भन्दै चिन्ता व्यक्त गरे । उनले करबाट उत्पन्न हुने असन्तुष्टि सङ्घीयता उल्ट्याउने कारक बन्न सक्ने बताए ।

 

मंगरबार वीरगञ्जमा भएको एक कार्यक्रममा अध्यक्ष दाहालले दोहोरो र तेहेरो कर लाग्न थालेका भन्दै गुनासो समेत गरे । “मलाई चिन्ता के छ भने अब करको जे कुरा हुन थालेको छ त्यो कतै सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने कारक बन्ने त होइन ?” दाहालले भने । करकै कारण कतै राजनीतिक परिवर्तनप्रति नै वितृष्णा हुने हो कि भन्दै दाहालले भने, “अहिले हामीले बनाएको स्थानीय र प्रादेशिक सरकार भनेका बाइसे–चौबीसे सरकार त होइन । हामीले झन् जनताको घरदैलोमा सीधै सरकार र सेवा प्रदान गर्ने भनेर बनाएको हो ।”

 

कार्यक्रममा दाहालले पृथ्वीनारायण शाहले देशलाई एकीकरण गर्न सफल हुनुमा त्यतिखेर टुक्राटुक्रामा बाँडिएको नेपालमा व्यापारी र जनतामाझ करप्रतिको वितृष्णा मुख्य कारक भएको बताए । उनले अहिले नेपालमा व्यवसायीहरू करका कारणले एकदमै त्रसित भएको अवस्था समेत बताए ।