आज : २०७४ माघ ६ शनिबार | Today: 20th Saturday, 2018

मिस नेवाको नयाँ संस्करण शुरु हुँदै (जातीय पहिचान, कला र संस्कृति युवा पुस्तामा हस्तान्तरण हुनुपर्छः हेमा मानन्धर)

काठमाडौँ । नेवार समुदायको कला, संस्कृति, भाषा र पहिचान प्रवद्र्धनको उद्देश्यसहित १२ वर्षदेखि आयोजित मिस नेवाः को नयाँ संस्करण शुरु गरिएको छ । नेप्लीज फैसन होमका अनुसार, यो पटकको प्रतियोगिता ‘नेपाल टेलिकम मिस नेवाः ११३८’ का रुपमा हुनेछ । मिस नेवाः प्रतियोगिताको लागि आवेदन फर्म खुला गरिएको जानकारी दिँदै नेप्लीज फेसन होमका अध्यक्ष हेमा मानन्धरले भन्नुभयो – “जातीय पहिचान, कला र संस्कृति युवा पुस्तामा हस्तान्तरण हुनु अनिवार्य छ । यो नेपालीको पहिचान पनि हो ।” 

 

सो प्रतियोगिताको लागि रोजिन शाक्यको कोरियोग्राफी, रोहिया महर्जनको डान्स कोरियोग्राफी र नेपाल भाषा प्रशिक्षकको रुपमा पूर्व मिस नेवाः सुनिता डंगोलले भूमिका निर्वाह गर्नुहुने जनाइएको छ । सन् २००५ बाट सुरु भएको सो प्रतियोगितामा सविता श्रेष्ठ, सुविता प्रधान, सुप्रिया तुलाधर, आकाशा बज्राचार्य, योगिता महर्जन, सुजिना शाक्य, सुनिता डंगोल, सुदिना श्रेष्ठ, एलिशा बज्राचार्य, सरिना स्थापित, एन्जेल श्रेष्ठ र ईशु श्रेष्ठ मिस नेवाः को ताज जित्नुभएको छ ।