आज : २०७५ भदौ ४ सोमबार | Today: 20th Monday, 2018

मुसलधारे पानीले नेपालगञ्जको अधिकांश टोल जलमग्न

नेपालगञ्ज, २० साउन । आज बिहान परेको मुसलधारे पानीले नेपालगञ्जको अधिकांश टोल जलमग्न भएका छन् । पानीको यथोचित निकास नहुँदा सडक जलमग्न भएर घर, पसलमा पानी पस्दा व्यक्तिका धन सम्पत्तिको नोक्सानी भएको छ ।

 

नेपालगञ्जको बेलासपुर, धम्बोझी, घरबारीटोल, गणेशपुर, कोरियनपुर, न्यूरोड, सेतुविक चोकलगायतका टोल डुबानमा परेका छन् । अपरान्ह नगरपालिकाले नाला सफा गरेर निकास खोल्न थालेपछि स्थानीयवासीले केही राहत महसुस गरेका छन् ।

 

यसैबीच स्थानीय प्रशासनले बाँके जिल्लाका राप्ती र डुडुवा नदीतटीय क्षेत्रका बासिन्दालाई बाढी र डुबानबाट जोगिन सतर्क रहन आग्रह गरेको छ । रासस