आज : २०७५ भदौ ४ सोमबार | Today: 20th Monday, 2018

नौ वर्षसम्मको सम्बन्ध जोडिएको रियलसंग रोनाल्डोले अहिले रियललाई नै गरे अन्फलो

लोकप्रिय समाचार ।

 

टुरिन, इटाली, १९ साउन । रियलसँगको नौ वर्ष लामो यात्राको अन्त्य गराउँदै सिरि ‘ए’च्याम्पियन युभेन्ट्स यसपटक रियल म्याड्रिडबाट क्रिस्टियानो रोनाल्डोलाई लिन सफल भएको थियो । यसपटकको सरुवा बजारमा सम्भवत सबैभन्दा अर्थपूर्ण सरुवा यहि हुन सक्ने सम्भावना छ । अब रोनाल्डोले पनि स्पेनबाट इटाली जाने निर्णय गरिसकेका छन् ।

 

रोनाल्डो टुरिन पुगेयता थ्रुपै समाचार आइसकेका छन् । टोलीका अन्य खेलाडीसँगको रोनाल्डो भेट, उनको प्रशिक्षण लगायत समाचार सार्वजनिक भइरहेका छन् । अझै आउने क्रम जारी छ । युभेन्ट्स पुगेसंगै  नयाँ टोलीका अन्य खेलाडीले उनलाई इन्स्टाग्राममा फलो गर्न थालेका छन् ।

 

तर, पोर्चुगिज स्टार रोनाल्डोले भने रियललाई सामाजिक सञ्जालमा अनफलो गरेका छन् । तर, रोनाल्डो रियलका अन्य खेलाडी, टोलीका पूर्व प्रशिक्षक कार्लो एन्सेलोटी र जिनेदिन जिदानलाई इन्स्टाग्राममा फलो गरिरहेका छन् । यसैबीच, रोनाल्डो नयाँ टोली खेलाडीसँग प्रशिक्षणमा सामेल भएका थिए । एजेन्सी