आज : २०७५ भदौ ४ सोमबार | Today: 20th Monday, 2018

फोनको गलत प्रयोगको कारण बिद्यार्थीहरु कुलतमा फस्दै गएको भन्दै मावि खलंगामा मोबाइल प्रयोगमा रोक

लोकप्रिय समाचार ।

 

दार्चुला , १५ साउन । दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको महेन्द्र नमुना माबि खलंगामा चालु शैक्षिक सत्रदेखि विद्यार्थीहरुलाई विद्यालयमा मोवाईल फोन प्रयोग गर्न निषेध गरिएको छ । 

 

मावि खलंगामा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गर्दै मोबाइल प्रयोग निशेष गरीएको जानकारी गराइएको हो ।

 


मोबाइल फोनको गलत प्रयोग गरेर बिद्यार्थीहरु कुलतमा फस्दै गएको, पढाइ प्रभाबित भइरहेको, समाजिक मूल्य मान्यता बिपरीत गतिबिधिहरुमा किशोरकिशोरीहरु लाग्न थालेको भन्दै मोबाइल बन्द गर्ने निर्णय गरीएको हो । मोबाइल फोनको दुरुपयोग गरेर फेसबुक, फोन मार्फत बिभिन्न नकारात्मक गतिबिधिहरुमा बिद्यार्थीहरु संलग्न हुन थालेको, पढाइमा ध्यान कम हुने गरेको बिद्यालयमा समेत मोबाइन चलाएर बस्न थालेपछि बिद्यालय समयभित्र मोबाइल प्रयोगमा बन्देज लगाउँने निर्णय गरीएको बिद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिनुभयो । बिद्यालयमा चालु शैक्षिक सत्रदेखि शैक्षिक गुणस्तर सुधार र बिद्यार्थीहरुलाइ अनुशासित बनाउन आउट पास र इमरजेन्सी पास कार्डको प्रयोग गरीने उहाँले बताउँनुभयो ।

 

 

बिद्यालयमा नबप्रबेशी बिद्यार्थीहरुलाइ विद्यालयमा पालना गनु पर्ने नीति, नियम तथा आंचारसंहिताका बारेमा समेत अभिमुखीकरण गराइएको बिद्यार्थी मान सिह धामीले जानकारी दिनुभयो ।