आज : २०७५ भदौ ४ सोमबार | Today: 20th Monday, 2018

मिठो लोकभाकामा सबिना शेर्पा र खुमन अधिकारीको आवाजमा  'स्वास्नी पीडित' बोलको तीज गीत सार्वजनिक

काठमाडौँ, ६ साउन । सबिना शेर्पा र खुमन अधिकारीको आवाजमा रहेको मिठो लोकभाकामा सार्वजनिक भएको 'स्वास्नी पीडित' बोलको तीज गीत बजारमा आएको छ । एक्काइसौँ शताब्दीको आधुनिक परिवेशमा  विश्व प्रवेश गरिसक्दा पनि हाम्रो देशमा हट्न नसकेको पुराना कुरीतिहरुलाई व्यंग गर्दै रिलिज गरिएको यो लोक दोहोरी गीत समय सान्दर्भिक शब्दहरु बोकेर आएको छ । कृष्ण कंडेल (मित्र) को शब्द रचना र लय सृजना रहेको यस मार्मिक लोक गीतलाई शुभारम्भ डिजिटल म्युजिक प्रा.लि. ले युट्युबमा अपलोड गरेको छ।  

 

सुन्दा मार्मिक तथा आनन्द लाग्ने यो 'स्वास्नी पीडित' बोल को तीज गीतले समाज लोग्ने स्वास्नी बीच भइरहने कंचिगल तथा झगडा लाई साम्य बनाउँदै दुइजनाबिच सुमधुर सम्बन्ध कायम गराउन सहयोग गर्नसक्ने अपेछ्या राख्न सकिन्छ ।