आज : २०७५ भदौ ४ सोमबार | Today: 20th Monday, 2018

रोनाल्डो १२.१ मिलियन पाउण्ड जरीवाना तिर्न र २ वर्ष जेल सजायँ भोग्न राजी

लोकप्रिय समाचार ।

 

काठमाडौं, साउन ५ । पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो आफूमाथि लागेको कर छलीको आरोप स्वीकार्दै २ वर्ष जेल सजायँ र १२.१ मिलियन पाउण्ड जरीवाना तिर्न तयार भएका छन् । स्पेनिस रेडियो क्याडेना कोपलाई उद्धृत गर्दै अनलाइन पत्रिका डेलीमेलका अनुसार रोनाल्डोले उक्त सजायँ र जरिवाना तिर्न राजी भएका हुन् ।

 

यस्तै कानुनी लागतवापत उनले ४.३ मिलियन पाउण्ड तिर्नेछन् । हालै इटालियन क्लब युभेन्ट्समा आबद्ध भएका ३३ वर्षीय रोनाल्डोलाई गत वर्ष सन् २०१० देखिको कर नतिरेको आरोपमा मुद्दा लागेको थियो । तर, रोनाल्डोले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका थिए ।

 

स्पेनिस क्लब रियल मैड्रिडमा रहँदा रोनाल्डोमाथि सन् २०१० देखी साढे १३ मिलियन पाउण्ड बराबरको कर छलेको आरोप लागेको थियो। जेल सजाय भोग्न तयार भए पनि रोनाल्डोले जेल जान भने पर्ने छैन। स्पेनीस कानुनअनुसार २ वर्ष सम्मको जेल सजायँ पाएकाले जेलमा बसिरहनु पर्दैन ।