आज : २०७५ श्रावण ४ शुक्रबार | Today: 20th Friday, 2018

क्रोएसिया २-१ गोल अन्तरले इङ्ल्यान्डलाई हराउँदै पहिलो पटक विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय समाचार  

 

लुजनिकी स्टेडियम, मस्को, रुस, २८ असार । रुसमा जारी विश्व कप फुटबल प्रतियोगितामा पुर्व विजेता इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनलमा पुगेको छ । क्रोएसियाले बिहीबार बिहान सम्पन्न सेमिफाइनलमा थप समयमा युभेन्ट्सका ३२ वर्षीय स्ट्राइकर मारियो मान्ड्जुकिचले इभान पेरिसिचको पासमा निर्णायक गोलमा विश्वकपको अन्तिम दुईमा स्थान बनाएको हो । 

 

यसअघि निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको थियो ।

 

२७ वर्षीय डिफेन्डर केरन  ट्रिपियरले पेनाल्टी बक्सको केहि बाहिर प्राप्त फ्रिकिकमा गोल गरेका थिए र यो नै ट्रिपियरको पहिलो अन्तर्राष्ट्रिय गोल थियो । उनले यसरी पाँचौं मिनेटमा इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए । उनले गोल गरेका थिए । यसअघिका खेलमा उच्च प्रदर्शन गर्दै आएका क्रोएसियाका गोलकिपर डानिजेल सुवासिचले ट्रिपियरको प्रहार रोक्न गरेको प्रयास सफल भएन । पहिलो हाफमै अग्रता दोब्बर पार्ने मौकालाई भने उनले रोके । इङ्ल्यान्ड कप्तान ह्यारी केनको वान भर्सेस वान प्रहारलाई उनले रोके ।

 

यसरी खेलको सुरुवातमै लिएको अग्रतालाई इङ्ल्यान्डले जोगाउन नसक्दा खेलको निर्धारित समय बराबरीमा पुगेको हो । ६८औं मिनेटमा प्रिसिसले बराबरी गोल गर्दै क्रोएसियालाई खेलमा फर्काएका थिए । सिमे भ्रासल्ज्कोको क्रसमा प्रिसिसले गोल गरेका थिए । क्रोएसियाको जितमा लामो क्रसमा आएको बललाई सिक्स यार्ड सर्कलबाट २९ वर्षीय मिडफिल्डर इभान प्रिसिसले हेडमार्फत गोलपोष्टको दिशामा दिएको पासलाई मारियो मान्ड्जुकिचले गोलमा परिणत गरेका थिए । मारियो मान्ड्जुकिचले अतिरिक्त समयमा निर्णायक गोल गरे। उक्त १०९औं मिनेटमा मारियो मान्ड्जुकिचले गरेको गोलमा क्रोएसियाले एेतिहासिक सफलता हात पारेको हो । १–० ले पछि परेको खेल उल्टाउँदै क्रोएसियाले पहिलो पटक विश्वकप फाइनलको यात्रा तय गरेको हो ।

क्रोएसिया विश्वकपमा पहिलोपटक फाइनलमा पुगेको क्रोएसियाले आईतबार उपाधिका लागि पुर्व विजेता फ्रान्ससँग खेल्ने छ।

 

सन् १९९० मा युगोस्लाभियाबाट छुट्टिएयता क्रोएसिया यसअघि सेमिफाइनलसम्म पुगेको थियो। क्रोएसिया अन्तिमपटक सन् १९९८ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो। इङ्ल्यान्डविरुद्ध सुरुवाती अग्रता लिन असफल क्रोएसियाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो।

 

यसअघि सन् १९९८ मा क्रोएसिया विश्व कप सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो । यसपटक विश्व कप उपाधिका लागि क्रोएसियाले आइतबार सोही फ्रान्सको सामना गर्नेछ । यसअघि मंगलबार राती भएको सेमिफाइनलमा बेल्जियमलाई १–० ले हराउँदै यसअघि नै फ्रान्स फाइनलमा पुगिसकेको छ । सन् १९६६ अर्थात् ५२ वर्षपछि विश्वकप फाइनलमा पुग्ने इङ्ल्यान्डको सपना भने पुरा हुन सकेन । इङ्ल्यान्ड अहिले २८ वर्षपछि विश्वकपको सेमिफाइनल पुगेको थियो। (एजेन्सी)