आज : २०७५ श्रावण ४ शुक्रबार | Today: 20th Friday, 2018

छोराकै कारण संकटमा परेको मिथुन चक्रवर्तीको परिवार मिथुन पत्नी र छोरा बिहेकै मुखमा जेल जान सक्ने 

लोकप्रिय संवाददाता 

 

यतिबेला बलिउडलका चर्चित अभिनेता मिथुन चक्रवर्तीको परिवार छोरा महाअक्षय चक्रवर्ती उर्फ मिमोहका कारणले तनावमा रहेको छ। मिथुन पुत्र मिमोहको विवाहको ठिक ६ दिन पहिले मोमोह र मिथुन पत्नी योगिती बालीविरुद्ध बलात्कार र छलकप अनि बिना सहमति गर्भपतन गराएको आरोप लागेको छ।

 

चलचित्र निर्देशक सुभाष शर्मा र शिला शर्माकी छोरी मदालसासँग मिथुनका छोराको विवाह हुन लागेकै बेला यस्तो आरोपसहित मोमोह र योगितीविरुद्ध मुद्दा भएसँगै मिथुनको परिवारमा संकट परेको छ। मिमोहले विवाह गर्न लागेकी अभिनेत्री मदालसाले सन् २००९ मा तेलुगु चलचित्र फिटिंगबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन्। उनले शौर्य लगायतका नया चलचित्रमा पनि काम गरिसकेकी छन् ।

 

मिथुनका छोरा र पत्नीविरुद्ध मुदा दर्ता गर्ने महिला पनि अभिनेत्री नै हुन्। उनी भोजपुरी चलचित्रको एक चर्चित अभिनेत्री रहेकी छन्। पिडित महिलाको मुद्धा हेरिरहेका वकिल रवी सोनीका अनुसार घटना घट्नु अघि मिथुनका छोराले नशालु औषधि खुवाएको आरोप छ। पिडित महिलाले मिथुन पुत्र र उनको विगत ४ वर्षदेखि सम्बन्ध भएको बताएकी छिन्। उनले मिमोहले विवाह गर्न लागेको थाहा पाएपछि विवाह रोक्न र मिमोह र योगितालाई तत्काल पक्राउ समेत माग गरेकी छन् ।

 

मिमोहले ती युवतीमाथि हिँसा गरेको र नशालु पदार्थ खुवाएर जवर्जस्ती शारीरिक सम्पर्क गरेको पनि आरोप लागेको छन् । मिमोहको पिडित महिलासँग नै विवाह गराउन वकालत गरिरहेका वकिलका अनुसार ती महिला विवाहको लागि राजी छिन् तर मिमोहको परिवार भने विल्कुल असहमत छ । अब मिथुनका छोरा २ दिनसम्म प्रहरी हिरासतमा रहने छन् । अब मिथुनका छोरा मिमोहलाई मुलुकी कानून अनुसार कारवाही हुनेछ ।

 

यद्यपि, मिमोहले मुम्बइको उच्च अदालतमा एउटा अग्रिम जमानतको लागि निवेदन पनि दिएका थिए। तर, उनको जमानतको माग अदालतले ठाडै अस्वीकृत गरेको छ। एजेन्सी ।