आज : २०७५ श्रावण ४ शुक्रबार | Today: 20th Friday, 2018

विश्वकप फुटबलमा नाइजेरियाविरुद्ध अर्जेन्टिनाले जित्ने अन्तिम भविष्यवाणी गर्ने चिनियाँ बिरालो यस धर्तीमा रहेन अब

बेइजिङ, चीन, २३ असार । रसियामा हाल जारी विश्वकप फुटबलका विभिन्न ६ वटा खेलहरुको सहि भविष्यवाणी गरेको एक चिनियाँ बिरालोको मृत्यु भएको छ। विश्वकपका खेलहरुको भविष्यवाणी गर्दै आइरहेको सो बिरालोको अचानक मृत्यु भएपछि चिनियाँ सामाजिक सञ्जालहरुमा हजारौंले श्रद्धाञ्जलि व्यक्त गरेको चिनियाँ मिडियाहरुले जनाएका छन् ।

 

बेइजिङको फोर्बिडन सिटीस्थित दरबार संग्रहालय परिसरमा बस्ने बैडियानएर नामको उक्त सेलिब्रेटी बिरालोको सुन्तला रङको भुत्ला थियो । 

 

विश्वकप फुटबलका खेलहरुको भविष्यवाणी गर्नका लागि यो बिरालोलाई खेल हुन थालेका दुई देशका झण्डा राखिएको खानेकुरा सहितका दुई भाँडा दिइन्थ्यो । त्यसक्रममा उक्त बिरालोले ६ वटा खेलको सही भविष्यवाणी गरेको थियो । सही भविष्यवाणीका कारण बिरालो चर्चित बनेपछि संग्रहालयले बिरालोको नाममा चिनियाँ सोसल साइट वेइबोमा अकाउन्ट समेत खोलिदिएको थियो ।

 

उक्त बिरालोले नाइजेरियाविरुद्ध अर्जेन्टिनाले जित्ने सही भविष्यवाणी गरेको थियो । सोही भविष्यवाणी उसको अन्तिम भविष्यवाणी बनेको थियो ।

 

बिरालो एक्कासि विरामी परेको र मंगलबार उसको मृत्यु भएको संग्रहालयले जनाएको छ । बिरालोको मृत्युपछि झण्डै १० हजारभन्दा धेरै मानिसले सोसल साइटमा निधनप्रति शोक व्यक्त गरेका छन् । धेरैले मृतक बिरालोको स्वर्गमा वास होस् र आत्माले शान्ति पाओस् भनेर कामना गरेका छन् । एजेन्सी