आज : २०७५ श्रावण ४ शुक्रबार | Today: 20th Friday, 2018

ब्राजिल बेल्जियमसंग २-१ ले पराजित: फ्रान्स र बेल्जियम सेमिफाइनलमा भिड्ने

काजान, रुस, २३ असार । रुसमा जारी विश्वकप फुटबल २०१८ को दोस्रो क्वाटरफाइनलमा बेल्जियमले ब्राजिललाई २–१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।   

 

बेल्जियमलाई नसिर चाड्लीको कर्नरमा ब्राजिलका फर्नान्डिनोको आत्मघाती गोलमा बेल्जियमले खेलको १३औं मिनेटमा १-० ले अग्रता लिएको थियो । उनले कर्नर बल क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरेका थिए । त्यस्तै ३१औं मिनेटमा काउन्टर-अट्याकमार्फत बेल्जियमले आफ्नो अग्रता दोब्बर पार्‍यो । बेल्जियमका लागि केभिन डि ब्रुयनले उक्त गोल गरेका थिए । 

 

दोस्रो हाफपछि ब्राजिलका लागि परिवर्तित खेलाडी रेनाटो अगुस्टोले गोल गर्दै बेल्जियमको अग्रतालाई कम गरेका थिए । उनले फिलिप कौटिन्होको पासमा टोलीका लागि एक गोल फर्काए पनि सो पर्याप्त रहेन । 

 

बेल्जियमले अब फाईनल प्रवेशका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । यो हारसँगै ब्राजिलको छैठौ पटक विश्वकप जित्ने सपना चकनाचुर भएको छ ।

 

यससंगै दाबेदार मानिएका ब्राजिलसंगै जर्मनी, अर्जेन्टिना र स्पेन सबै बाहिरिएका छन् । अब सेमिफाइनलमा बेल्जियमले फ्रान्सको सामना गर्ने छ । (एजेन्सी)