आज : २०७५ असार ९ शनिबार | Today: 23rd Saturday, 2018

बलात्कार अभियोगमा गुन्डा नाइके ‘स्याल’ पक्राउ

काठमाडौँ, जेठ ३१ । आफूलाई गुन्डाका रुपमा स्थापित गुण्डा नाइके संजीव लामा ‘स्याल’लाई प्रहरीले पक्राउ गरेको छ ।

 

स्याललाई बलात्कार मुद्दामा महानगरीय प्रहरी वृत्त दरबारमार्गले पक्राउ गरेको हो ।

 

उडल्याण्ड कम्प्लेक्समा नोला लाउञ्ज एण्ड बार चलाउँदै आएका लामाले आफ्नै रेस्टुरेन्टमा कार्यरत युवतीलाई पटक पटक बलात्कार प्रयास गरेको र आफ्नो गर्लफ्रेन्ड बन्नका लागि यातना दिने गरेको खुलेको हो । दरबारमार्ग वृत्तका डिएसपी दानबहादुर मल्लले लामालाई पक्राउ गरिएको पुष्टि गरेको छ । लामालाई जबरजस्तीकरणी उद्योग मुद्दामा प्रहरीले कारबाही गर्ने तयारी गरेको मल्लले जानकारी दिए ।

 

लामा लामो समयदेखि गुन्डागर्दीमा संलग्न व्यक्ति हुन् । उनी पटक पटक पक्राउ समेत परेका थिए । गोठाटार गोलीकाण्डमा समेत उनी मुछिएका व्यक्ति हुन् । जहाँ एक बालकको मृत्यु भएको थियो । उनी तरुण दल काभ्रेका अध्यक्ष हुन् ।