आज : २०७५ असार ९ शनिबार | Today: 23rd Saturday, 2018

पैसा होइन सेक्स रोज्छु, सम्हाल्न सक्ने काे ? : रुवि शर्मा

फिल्मको रंगीन दुनियामा मिसिन आएकी नवनायिका रुवि शर्मा २१ औं सताब्दीमा स्वतन्त्र भएर हिड्न पाउनु पर्ने तर्क गर्छिन् । उनलाई यतिबेला अरु केही चाहिएको छैन । फिल्म खेल्न पाए र खेलेको फिल्म राम्रो भएर अडियन्सले कलाकारको रुपमा चिनिदिए हुन्थ्यो भन्ने लागेको छ । तर त्यो उपलब्धि सहजै हासिल गर्न भने गाह्रो छ । त्यसैले पनि नवनायिका शर्मा यो क्षेत्रमा स्थापित हुनका लागि संघर्ष गरिरहेकी छिन् । उनले ‘समर्पण’ नामक फिल्मबाट रंगीन क्षेत्रमा डेव्यू गरेकी हुन् । यो फिल्म पौष १५ बाट देशव्यापी रिलिज हुँदैछ । यो फिल्ममा लभर गर्लको रुपमा देखिएकी उनै रुवि सँग गरेको रोमान्टिक कुराकानी जस्ताको त्यस्तै :
 

तपाईको बसाई कता छ ?
धापाखेल

 

काठमाडौं बस्न थालेको कति भयो ?
११ वर्ष भइसक्यो ।

 

जन्मथलो चाहि कता प¥यो ?
हेटौडा हो ।

 

पढाइ कहाँ पुग्यो ?
प्लस टु ।

 

बाहिर हिड्दा कतिको मेक–अप गरिन्छ नी ?
मेक–अप भन्दा नी ड्रेसमा चाही ध्यान दिन्छु ।

 

कस्तो ड्रेसअप गर्न रुचाउनु हुन्छ त ?
अहिले त जाडो महिना छ । नत्र म वान पिस मै हिड्न रुचाउछु ।

 

वान पिसमा हिडिरहदा खेरी बाटोमा केटाहरुको नजर कतिको पर्ने गरेको छ ?
प्राय जसो म गाडीमा डिड्छु । बाटोमा खासै एक्लै हिड्ने गर्दिन । त्यस्तो नजर लगाउने केटाहरु भेटेको छैन ।

 

ऐना हेर्ने बानी कतिको छ ?
हा…हा….लेडिज्हरुले बढी जसो ऐना हेर्छन् रे भन्छन् । म पनि टिनएज कै परे । बिहान उठ्नसाथ म त ऐना हेरिराको हुन्छु ।

 

कति वर्षको हुनुभयो ?
१८ वर्षको भए ।

 

ऐनामा हेर्दा कतिको सेक्सी छु जस्तो लाग्छ ?
लाग्छ । म सेक्सी नै छु ।

 

मोबाइलमा ब्यालेन्स कतिको खर्च हुन्छ ?
खर्चको त कुरै नगरौ । धेरै नै हुन्छ । फेसबुक चलाएर धेरै पैसा सकाको छु ।

 

फेसबुकमा चाहि के हेर्नुहुन्छ नी ?
पहिलो त च्याटिङ नै हो । त्यसपछि ड्रेसहरु मेकअपका सामाग्रीहरु हेरिरहेको हुन्छु ।

 

फेसबुकमा प्रपोज कतिको आउछ ?
आइराको हुन्छ तर म वास्तै गर्दिन ।

 

ब्वाइफ्रेन्ड छ कि छैन तपाईको ?
के ढाँट्नु । छैन । तर खोज्दैछु ।

 

लभ नै अहिले सम्म परेको छैन कि परेर छुटेको ?
स्कूल कलेजमा जिस्कने वाला लभ चाहि परेको छ तर ..लभ चाहि परेको छैन ।

 

कस्तो केटा मनपर्छ तपाईलाई ?
अलि अलि पैसा पनि होस् । पैसा भएन भने त मलाई सम्हाल्न सक्नु हुन्न होला सायद । माया गरोस् । यस्तो खालको केटा मनपर्छ ।

 

प्रेमलाई कसरी परिभाषित गर्नुहुन्छ ?
प्रेम भनेको सुन्दा खेरी नै राम्रो मिठो सुनिने शब्द हो । जून चाहि विश्वासको भरमा टिकेको हुन्छ ।

 

अनि सेक्स नी ?
सेक्स भनेको यस्तो चिज हो जून बिना मानिसको अस्तित्व नै रहदैन । म्यारिड गर्नु भन्दा अगाडि सेक्स गर्नु हुन्न जस्तो लाग्छ ।

 

तपाईको केसमा चाहि यो कुरा कतिको लागू भएको छ त ?
व्बाइफ्रेन्ड छैन भने त मैले । अनि त लागू भैहाल्छनी हैन र ?

 

एकदमै नजिकिएको केटा साथीले सेक्स प्रस्ताव राख्यो भने के उत्तर दिनुहुन्छ ?
त्यो त प्रस्ताव गरेपछि नै थाहा हुन्छ ।

 

अश्लिल फिल्म कतिको हेर्नु भएको छ ?
त्यही टाइपको त हेरेको छैन तर कुनै कुनै रोमान्टिक फिल्ममा त्यस्ता प्रकारको सिन हुन्छन् त्यो चाहि हेरेको छु ।

 

तपाई कतिको रोमान्टिक हुनुहुन्छ ?
छु नी ।

 

पैसा र सेक्समा एउटा रोज्नुप¥यो भने..?
म त सेक्स रोज्छु ।

 

किन नी ?
यो बिना मान्छेको अस्तित्व नै रहदैन भने पैसा रोजेर भयो त ?

 

किसको अनुभव चाहि छ की छैन ?

फिल्म ‘समर्पण’मा चाहि छ ।

 

बिहे कहिले गर्ने ?
यो फिल्डमा सबैले चिन्ने भएपछि गर्छु ।

 

सपनामा कहिले सेक्स गरेको देख्नुभएको छ ?
देखेको छैन नी ।