आज : २०७५ भदौ ४ सोमबार | Today: 20th Monday, 2018

‘छक्का पञ्जा ३’ मा फुच्ची अभिनेत्री स्वस्तिमाको इन्ट्री

काठमाडौं, ३० जेठ । पोखरा र बाग्लुङका केहि भु–भागमा छायांकन चलिरहेको फिल्म ‘छक्का पञ्जा ३’ मा स्वस्तिमा खड्काको इन्ट्री भएको छ । फिल्मको शुभमुहूर्त कार्यक्रममा स्वस्तिमालाई छोडेर दीपिका रोज्नुको कारणबारे सोध्दा हाम्रो स्क्रिप्टमा फुच्ची अभिनेत्री चाहिएकाले दीपिका रोजेको बताएका थिए ।


यसअघि छक्का पञ्जा २ मा प्रियंका कार्की र स्वस्तिमा खड्का आमा छोरीको भूमिकामा थिए । दीपकराज गिरीको निर्माण र दीपाश्री निरौलाले निर्देशन रहेको फिल्म ‘छक्का पञ्जा ३’ को सम्पूर्ण छायांकन असारको तेस्रो सातासम्ममा सकिनेछ ।


फिल्मको एक भूमिकाबाट पुष्प खड्काले हात झिकेका थिए भने उक्त भूमिकामा सञ्जोग कोइरालालाई अनुबन्ध गरिएको थियो । फिल्ममा दीपिका पर्साईं, दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, नीर शाह, किरण केसी, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय रहने फिल्म युनिटले जानकारी दिएको छ आउँदो दसैंको फूलपातीबाट फिल्म नेपालभर एकसाथ प्रदर्शनमा ल्याउने तयारी गरेको फिल्म युनिटले जानकारी दिएको छ ।