आज : २०७५ भदौ ४ सोमबार | Today: 20th Monday, 2018

कविता: कमल राज दाहाल “कुमार”

अचेल खोई म बिरामी झैं भएको छु ?
पटक्कै केहि खाना त हेर्नै मन लाग्दैन ।

 

घुसजस्तो मिठो खाना खाएको बानी
अरु खाना किन किन आत्माले माग्दैन ।

 

देशमा स्थायी सरकार आएदेखि झन
गाह्रोपर्यो प्रदेश दुर्गममा पाइला जाँदैन ।

 

नौ नौ महिनामा सरकार फेरिई रहदाँ
त्यतिबेला जस्तो अहिले जाँगर जाग्दैन ।

 

घुसजस्तो मिठो खाना खान नपाउँदा
पहिलेझैं दत्तचित्त काममा ध्यान जाँदैन ।