आज : २०७५ भदौ ४ सोमबार | Today: 20th Monday, 2018

 गजल: नवराज क्षितिज

लर्किएको फूलको डाली हाम्रै हो 
त्यो खेतमा झुलेको बाली हाम्रै हो ।

 

हामी बगाउँछौँ रगत पोख्छौँ पसिना
ऊ रमाउने खाने सुनको थाली हाम्रै हो । 

 

ऊ माथि छ,  हामी फेरि तल 
उसलाई माथि पुर्याउन बजेको ताली हाम्रै हो ।

 

जहाँ गाड्यौँ हामीले विजयको झन्डा 
बसेर सुस्ताउने देउराली हाम्रै हो ।

 

खोसिएका छन् बारी पौवा र चौतारा 
लालपुर्जामा रोएको देउराली उकाली हाम्रै हो ।