आज : २०७५ श्रावण ७ सोमबार | Today: 23rd Monday, 2018

नयाँ गीत रिलिज – “यो प्यारो बर्दिया...”

बर्दियाको बारेमा तयार गरिएको सावित्री गौतमद्वारा रचिएको नयाँ नेपाली आधुनिक गीत ‘यो प्यारो बर्दिया...’ बोलको गीतको स्वर तथा संगीत सुरेन्द्र श्रेष्ठको हो । आधुनिक गीत भएपनि कता कता राष्ट्रप्रेममा ओतपोत भएको आभाष हुने यो गीतको भिडियोमा बर्दियाको थारु नाच, बर्दिया राष्ट्रिय निकुञ्जको दृश्य तथा थारु सांस्कुतिक संग्रहालयले राष्ट्रियताको छनकलाई झल्काएको छ । बर्दियाको हरियाली फाँट, धान झुलेको, सुन्दर बस्ती तथा थारु समुदायको रहनसहनका दृश्यहरु मनमोहक देखिएका छन् । 

 

सुर मेलोडि रेकर्डिङ्ग स्टुडियोमा रेकर्डिङ्ग भएको यो मिठो गीतको संगीत संयोजन जिवित जल्मीले गर्नु भएको छ भने क्यामेरा र निर्देशन अमृत सुनुवारको छ । यो मिठो गीत म्युजिक भिडियोका साथ युट्यूवमा आइसकेको छ ।