आज : २०७५ श्रावण ७ सोमबार | Today: 23rd Monday, 2018

लोकप्रिय मिडिया एउटा विशुद्ध भावनाले संचार क्षेत्रमा अस्तित्वको विकास गर्दै देश र जनता प्रति स्वच्छ र सवल मिडियाका रुपमा कार्यहरु गर्दै अघि बढ्ने लक्ष्यका साथ देखा परेको हो । नेपाल सरकारको उद्योग मन्त्रालय अन्तर्गत कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७४ असोज २ गतेका दिन दर्ता भई यस मिडिया बल र बुताले भ्याएसम्म स्वच्छ र तथ्य समाचार तथा अन्य सम्बन्धित कार्यहरु गर्दै देश र जनताको सेवा गर्ने उद्देश्यका साथ अघि बढ्न पाइला चाल्न लागेको हो । नेपाल स्रोत र साधनमा धनि भईकन पनि पछि परेकोले जति सकिन्छ यस मिडिया क्षेत्रबाट राष्ट्र–निर्माणको पथमा साथमा साथ, काँधमा काँध मिलाई सरकार एवं अन्य क्षेत्रहरुलाई सघाउँदै जाने चाहनाले परिलक्षित भई प्राप्त अनुभवको क्षेत्रमा दरिलो कदम चाल्दै कदममा कदम मिलाउन लोकप्रिय मिडियाले अति नै उत्सुक भएर संचार जगतमा परिवर्तनकारी भूमिका खेल्न सकिन्छ कि भन्ने सोच बनाएको छ ।

संचार जगतमा देखिएको बेथिती, अस्पष्टता र अदूर्दशितालाई औल्याउँदै र केलाउँदै प्रष्ट विचारहरु राख्न र सत्य र तथ्य सूचनाको संप्रेषण गर्ने कटिबद्धताका साथ नेपाली आँगनमा पाइला राखेको छ । बिस्तार बिस्तार देशभरी नै यसको शाखाहरु बिस्तार गर्दै मिडिया जगतमा नयाँपन खोज्ने लक्ष्य रहेको कुरा अवगत गराउन यो संस्था अग्रसर र तत्पर रहने छ ।